मोटोपना घटाउने जापानी जुत्ता «

मोटोपना घटाउने जापानी जुत्ता

टोकियो-मोटोपन विश्वभरी एक महामारीको रुपमा फैलिएको छ । यस किसिमको समस्याबाट मुक्ति पाउनका लागि विश्वभरिका कम्पनीहरुले विभिन्न किसिमका उत्पादन बजारमा प्रस्तुत गर्दै आएका छन् ।
मोटोपना घटाउनका लागि बजारमा चियापत्तीदेखि लिएर विभिन्न किसिमका व्यायाम गरिदै आएको छ । यसैको प्रयास स्वरुप जापानको एक कम्पनीले अचम्मको जुत्ता बजारमा ल्याएको छ । कम्पनीको दावी छ कि यो जुत्ता मोटोपना घटाउनका लागि सहयोगी सावित हुनेछ । यो जुत्ताले बोसो पगाल्नका लागि तीव्र रुपमा काम गर्ने दावी पनि कम्पनीको छ । यो जुत्ता लगाउनाले कसैको पनि मोटोपना तीव्र दरमा घट्ने दावी कम्पनीको छ ।
साधारण किसिमको जुत्ता लगाएर आधा घन्टा छिटो छिटो हिड्नाले वा विहान हिड्नाले ७५ देखि १५० क्यालोरीसम्म कम हुन्छ । तर जापानी कम्पनीले तयार पारेको यो जुत्ता लगाउनाले ३०० क्यालोरीसम्म क मगर्न सकिन्छ ।
यो जुत्ता विशेष हुनुमा यसको वजन सबैभन्दा महत्वपूर्ण कार्य हो । सामान्य अवस्थामा प्रति जुक्ताको वजन २०० देखि ४०० ग्रामको बीच हुन्छ । तर यो जुत्ताको वजन १ हजार २०० देखि १ हजार ४०० ग्राम सम्म रहेको छ । यो जुत्ताको वजन बढाउनका लाग विशेष किसिमको सोल प्रयोग गरिएको छ ।
यो सोलमा सानो सानो १०० भन्दा बढी बल लगाइएको हुन्छ । यो जुत्ताको डिजाइन पनि लगाउनका लागि सुविधाजनक हुने किसिमबाट गरिएको छ । कम्पनीले यो जुत्ताको परिक्षण गर्नका लागि वैज्ञानिकको सहयोग लिएको छ ।
जुत्ताको परिक्षण गर्दा बोसो क मगर्न सहयोगी भएको र हड्डी पनि मजबुत भएको पाइएको छ । यो जुत्ता लगाएर हिड्दा २५ प्रतिशत भन्दा तीव्र दरमा वजन कम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्