‘स्काइवर्थसँग परिवार दंग’ योजना «

‘स्काइवर्थसँग परिवार दंग’ योजना

केएल दुगड समूह अन्तर्गतको स्मार्ट अप्लाइन्सेस कम्पनीले दशैं, तिहार र छठको अवसर पारेर ‘स्काइवर्थसँग परिवार दंग’ योजना सार्वजनिक गरेको छ । ‘स्स्काइवर्थसँग आकर्षक उपहार पाउनुहोस्’ भन्ने उक्त योजनाको स्लोगन छ ।
ग्राहकले स्काइवर्थको ६५क्यु ३ र ५५ जी६ मोडलको टेलिभिजन खरिदमा ३÷१ म्युजिक सिस्टम उपहार स्वरुप पाउने छन् । त्यस्तै सीआरएम–३९५सीबी/सीआरएम–४३० सीबी मोडलको रेफ्रिजेरेटरको खरिदमा माइक्रोवेभ तथा सीआरएस–१५०डीटी मोडलमा गिफ्ट भौचर प्राप्त गर्ने छन् भने वसिङ मेसिन आदिमा पनि उपहार राखिएको छ ।
यस योजनामा ग्राहकहरूले उत्कृष्ट होम अप्लाएन्सेसका साथमा आकर्षक उपहारहरू जित्न सक्ने छन् । स्काइवर्थका धरायसी सामग्रीहरू नेपाली बजारमा विगत ४ वर्षदेखि अत्यन्तै लोकप्रिय रहँदै आएका छन् । स्काइवर्थका घरायसी उपकरणहरू नेपालमा मात्र नभई ससांरभर नै निकै भरपर्दो, विश्वसनीय, सुलभ तथा विश्वभरका ग्राहकमाझ भरोसा योग्य ब्रान्ड बन्दै आइरहेको छ ।
प्रसिद्ध ब्रान्ड स्काइवर्थले नेपाली बजारमा उत्कृष्ट घरायसी सामग्रीहरू उपलब्ध गराउँदै आएको छ । नजिकिँदै गरेको चाडपर्वमा ग्राहकहरूले यो योजना माफर्त नयाँ अवसर तथा अनुभव हासिल गर्ने कम्पनीले विश्वास लिएको छ ।
स्मार्ट अप्लाएन्स इलेक्ट्रोलक्स, स्काइवर्थ, ओस्टर, फ्यागोर तथा ह्वाइट वेस्टिन हाउस जस्ता कम्पनीको एकमात्र आधिकारीक एजेन्सी छ । स्काइवर्थले उत्कृष्ट डिजिटल डिस्प्ले भएका प्रडक्टहरूका साथै सेवाहरू उपलब्ध गराउँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्