कालिका लघुवित्तको शाखा व्यवस्थापन तालिम «

कालिका लघुवित्तको शाखा व्यवस्थापन तालिम

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ६१ जना शाखा प्रबन्धकलाई पोखरामा तीनदिने शाखा व्यवस्थापनको तालिम दिएको छ । बिहीबारबाट सुरु भएको तालिममा ओम डेभलपमेन्ट बैंकका कर्जा असुली विभागका बुद्धिसागर भण्डारी, निक्षेप तथा कर्जा सुरक्षण कोष पोखरा शाखाका बिदुर पराजुली, सहायक प्रमुख कार्यकारी अधिकृत शिवराम जोशी तथा आन्तरिक लेखा परीक्षण विभागका निर्मल गौतमले सहजिकरण गरेका थिए । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि एवं संस्थाका संस्थापक अध्यक्ष चन्द्रबहादुर बस्नेतले कर्मचारीहरूको क्षमता अभिवृद्धिको लागि यस्ता कार्यक्रमहरू संस्थाले निरन्तर सञ्चालन गरिरहने बताए ।
६१ वटा शाखा सञ्जाल विस्तार गरी लघुवित्त सेवा दिइरहेको संस्थाले यस आर्थिक वर्षभरिमा ९९ वटा शाखा विस्तार गर्ने लक्ष्य राखिएको छ । गत आर्थिक वर्ष १२० करोड लगानी रहिरहेको कर्जालाई यस आर्थिक वर्षको अन्त्य सम्ममा जम्मा २२० करोड रुपैयाँ लगानी पु¥याउने लक्ष्य राखेको संस्थाका प्रमुख कार्यकारी अधिकृत मीनबहादुर बोहराले बताए ।
नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको मान्यता प्राप्त भइसकेपछि अधिराज्यभर सेवा विस्तार गर्न लागिएको प्रमुख कार्यकारी अधिकृत बोहराले बताए । कार्यक्रममा वार्षिक बजेटसम्बन्धी अभिमुखीकरण तथा समीक्षा पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्