खुम्बु क्षेत्रमा आउने नेपालीले टिकट पाउन छाडे «

खुम्बु क्षेत्रमा आउने नेपालीले टिकट पाउन छाडे

सोलुखुम्बु-पर्यटकीय सिजन सुरु भएसँगै खुम्बु क्षेत्रमा आउने नेपालीले हवाई टिकट पाउन छोडका छन् । निजी वायुसेवा कम्पनीले विदेशी पर्यटक बोक्दा बढी मूल्य पाउने भएकाले पनि नेपालीले टिकट पाउन छोडेका हुन् ।
एयर कोरिडोर ट्राभल्स एन्ड टुर्सका सञ्चालक रोशन थुलुङका अनुसार अहिले दैनिक २० देखि २५ जनासम्म नेपालीले काठमाडौंबाट लुक्लाका लागि टिकट खोज्ने गरेका छन् । लुक्लाका लागि पर्याप्त जहाज नहुनु र निजी कम्पनीका जहाजले मात्र उडान भर्नुले पनि नेपालीले टिकट नपाएका हुन् ।
थुलुङका अनुसार निजी कम्पनीले सेवाभन्दा पनि आम्दानीलाई प्रमुख आधार बनाउँदा नेपाली सेवा पाउनबाट बञ्चित बनेका हुन् । हाल काठमाडौंबाट लुक्लाका लागि नेपालीको हकमा ८ हजार ७०५ र ५ हजार १६५ तथा भारतीयका लागि १४ हजार ८०५ र तेस्रो मुलुकका नागरिकका लागि १८० डलर अर्थात १८ हजारभन्दा माथि भाडादर निर्धारण गरिएको छ ।
काठमाडौंबाट लुक्लाका लागि एक हप्ता कुर्दा पनि टिकट नपाएको गुनासो रेडियो प्राविधिक उमेश लामाको छ । लामाले विभिन्न ट्राभल्स एजेन्सीमा टिकटको लागि सोधिखोजी गर्दा कतैबाट नपाइएको बताए ।
ट्राभल्स एजेन्सी सञ्चालकहरूले विदेशिको चाप र मौसम प्रतिकूल भई जहाजले उडान भर्न नसक्दा दैनिक तालिका व्यवस्थापन मै समस्या हुने गरको बताएका छन् । असोज १० गते मात्र काठमाडौंबबाट लुक्लाका लागि उडान भरेका तारा, सिता र समिटमध्ये तारा र समिटले अवतरण गर्न नसकेर रामेछापको मन्थलीमा अवतरण गराएका छन् ।
मौसम अनुकूल हुँदा अहिले दैनिक ३ देखि ४ सयको हाराहारीमा विदेशी पर्यटक खुम्बु क्षेत्र भित्रने गरेको लुक्ला विमानस्थलले जनाएको छ । मौसमकै कारण लुक्ला आउन नसकेपछि कतिपय पर्यटक टिकट रद्द गरी अन्नपूर्ण हिमालतर्फ जान थालेका छन् ।
अमृता राई

प्रतिक्रिया दिनुहोस्