ओयो बन्यो पोखरा प्रिमियर लिगको हस्पिटालिटी साझेदार «

ओयो बन्यो पोखरा प्रिमियर लिगको हस्पिटालिटी साझेदार

ओयो, दक्षिण पूर्वी एसियाको सबैभन्दा ठूलो श्रृंखला होटलले पोखरा प्रिमियर लिगको पहिलो संस्करणको आतिथ्य (हस्पिटालिटी) साझेदारीको घोषणा गरेको छ । साझेदारको रूपमा ओयोले लिगमा भाग लिने खेलाडीहरू र लिग मेम्बरका लागि बस्ने सुविधा प्रदान गर्ने छ ।
काठमाडौं रोयल, पोखरा पल्टन्स, चितवन राइनोज, बुटवल ब्लास्टर, विराटनगर टाइटान्स र धनगढी ब्लुज मंगलबारदेखि सुरु हुने उक्त पोखरा प्रिमियर लिगमा सहभागी हुनेछन् । ज्ञापनपत्रमा हस्ताक्षर ओयोका नेपाल प्रमुख निशिद्ध हलानी तथा क्विन्स इभेंट म्यानेजमेन्टका कार्यकारी निर्देशक छुम्बी लामाद्वारा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का तथा नेपाल हेड कोच जगतबहादुर तमट्टाको उपस्थितिमा रोयल एम्पायर बुटिक होटलमा भएको हो ।
साझेदारीको सम्बन्धमा बोल्दै छुम्बी लामाले भने, “ओयोले हामीेसँग साझेदारी गरेर हाम्रा खेलाडीहरू, टिम मेम्बरहरू, व्यवस्थापन समिति तथा सरकारी निकायका कर्मचारीहरूको लागि उच्च गुणस्तरी बसाइको अनुभव गराउने अवसर दिनु भएकोमा हामी हर्षित छौँ । हामीलाई आशा छ पोखरा प्रिमियर लिगका शुभचिन्तकहरूले यसलाई उत्कृष्ट जितको साझेदारीका रूपमा हेर्नु हुनेछ र ओयो आतिथ्यको अनुभव लिनका लागि उपलब्ध योजनाबाट लाभ उठाउन अनुरोध गरेको छ । आइतबारदेखि खेलाडीहरू खेल मैदानमा आफ्नो उत्कृष्ट प्रदर्शन गरिरहेका बेला खेलको मज्जा लिन फ्यानहरूले सजिलै ओयो होटलमा ५० प्रतिशत छुटमा रुम बुक गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्