खुल्ला दिसामुक्त गाउँमै शौचालय प्रयोगविहीन «

खुल्ला दिसामुक्त गाउँमै शौचालय प्रयोगविहीन

जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गरेको तिन वर्ष बित्न लागेको छ । घोषणा भएका धेरै गाउँमा शौचालय प्रयोगमा छैनन् ।
शौचालय नभएका होइनन् । प्रयोग गर्नैमा समस्या छ । पानीको समस्याले सार्वजनिक स्थानमा निर्माण गरिएको शौचालय पनि प्रयोगविहीन बनेका छन् । जिल्लाको विशेषगरी सुख्खाग्रस्त क्षेत्रका बस्तीमा शौचालय प्रयोगविहीन बनेका हुन् ।
अभियान सञ्चालनका क्रममा धेरैजसोका घरमा निर्माण भए पनि प्रयोगमा समस्या बन्दै आएको छ । विद्यालय र बजार क्षेत्रमा निर्माण गरिएका शौचालय ब्यवस्थापन गर्न नसक्दा प्रयोगविहीन बन्दै आएका छन् । जिल्लाको पश्चिमी क्षेत्रको शुक्रबारे बजार र शनिश्चरे बजारमा निर्माण गरिएका सार्वजनिक शौचालय निर्माण भएको वर्षांै बितिसक्दा पनि प्रयोगमा आउन सकेका छैनन् । बजार क्षेत्रमा रहेका शौचालय प्रयोग नहुँदा वातावरण दूषित बन्ने गरेको छथर शनिश्चरेका होम पारघारीले बताए । बजारमा शौचालय छ तर प्रयोगमा आएको छैन । बजार भर्न आउने यहाँका स्थानीय शौच गर्न जंगल छिर्नुपर्ने अवस्था छ पारघारीले भने । बजारनजिकै रहेको पोखरी पनि फोहर व्यवस्थापन गर्न नसक्दा दुषित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्