अखण्डताविरुद्ध लाग्नेलाई नियन्त्रण गर्नुपर्छ : गच्छदार «

अखण्डताविरुद्ध लाग्नेलाई नियन्त्रण गर्नुपर्छ : गच्छदार

विराटनगर-नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले देश टुत्र्mयाउने गतिविधिमा लाग्ने पक्षलाई राज्यले नियन्त्रण गर्नुपर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राष्ट्रिय अखण्डता अक्षुण राख्न सबै राजनैतिक दलको कर्तव्य भएको बताए । “देशको अखण्डताविरुद्ध बोल्न कसैलाई छुट छैन,” गच्छदारले भने, “देशको खण्डताविरुद्ध लाग्ने जोसुकै भए पनि तत्काल राज्यले नियन्त्रणमा लिनुपर्छ ।”
उनले राष्ट्रविरोधी गतिविधि गर्नेलाई कुनै किसिमको छुट दिन नहुने भन्दै वर्तमान सरकारले यस्ता गतिविधिलाई छुट नदिई समयमै नियन्त्रण गर्नुपर्नेमा जोड दिए । वर्तमान सरकारले शान्ति सुरक्षासमेत कायम गर्न नसकेको उनको भनाइ थियो । हरेक दिन हत्यान हिंसा र बलात्कारका घटना हुँदा पनि सरकारले उचित कदम चाल्न नसकेको गच्छदारले बताए । “शान्ति सुरक्षा एकदमै कमजोर भएको छ,” उनले भने, “सरकार भएको आभास दिन सरकारले सकेको छैन ।”
पूर्वउपप्रधानमन्त्रीसमेृत रहेका गच्छदारले संवैधानिक व्यवस्थाअनुसार उपसभामुख प्रतिपक्षले पाउने भएकोले यसको पालना सत्तापक्षले गर्नुपर्नेमा जोड दिए । “यससम्बन्धी विषय सर्वोच्च अदालतमा प्रवेश गरेकोले नेपाली कांग्रेसले निर्णय पर्खिरहेको छ,” गच्छदारले भने । कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमको समायोजन विद्यार्थी संगठनबाट सुरुवात भएको बताउँदै उनले आगामी दसैं अगाडि दुई पार्टीबीच सहमतिअनुसार कार्य सम्पन्न हुने उल्लेख गरे ।

 

प्रतिक्रिया दिनुहोस्