एसपी विष्टको डीएनए मेल खाएन «

एसपी विष्टको डीएनए मेल खाएन

नेपाल प्रहरीका निलम्वित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र भिमदत्त नगरपालिका (महेन्द्रनगर)का मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डीएनए रिपोर्ट वलात्कार र त्यसपछि हत्या गरिएकी किशोरी निर्मला पन्तसँग मेल नखाएको प्रतिवेदन तयार भएको छ । आन्दोलनकारी, मानवअधिकारवादी र स्वयं निर्मलाका परिवारले वलात्कार घटनामा एसपी विष्ट सहित अन्य दुई आरोपितको भूमिका संकास्पद रहेको भन्दै छानविनको माग राखेपछि प्रहरी र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको संयुक्त टोलीले डीएनए परीक्षण गरेको थियो ।
प्रहरी प्रधान कार्यालयले त्रिवि शिक्षण अस्पतालका वरिष्ठ फरेन्सिक विज्ञ प्रा.डा हरिहर वस्ती सहितको टोलीलाई डीएनए परीक्षणाको जिम्मा दिएको थियो । “निर्मला पन्तसँग संका गरिएका निलम्वित एसपी विष्ट र अन्य २ जनााके डीएनए म्याच खाएन,” उच्च स्रोतले भन्यो, “अव घटनालाई नयाँ शीराबाट थप अनुसन्धान गर्नुपर्ने देखिन्छ ।”
उक्त डीएनए रिपोर्ट गोप्य खामवन्दी गरेर कञ्चनपुर जिल्ला प्रहरी कार्यालय पठाइएको छ । साउन ११ गते कञ्चनपुरमा निर्मलाको वलात्कारपछि हत्या भएको थियो । यद्यपी उक्त घटनामा संलग्नको अझै पहिचान हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्