चाडबाडमा वेस्टर्न युनियनको खुसीको पर्व

विश्वकै अग्रणी स्थानमा रहेको भुक्तानी सेवा कम्पनी वेस्टर्न युनियन मनी ट्रान्सफरले आउँदै गरेको नेपालीहरूको महान चाड विजयादशमी, शुभदीपावली तथा छठको पावन अवसरमा ग्राहकहरू माझ ‘खुसीको पर्व’ योजना ल्याएको छ ।
खुसीको पर्व योजनाअन्तर्गत आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूका आफन्तले विदेशबाट पठाएको रकम प्राप्त गर्दा उपहार स्वरूप रकम नै प्राप्त गर्नेछन् भन्दै कम्पनीले यस खुसीको पर्व योजनामा सहभागी हुनको लागी वेस्टर्न युनियन सातवटा मुख्य एजेन्टहरू अन्नपूर्ण ट्राभल, सीजीफिन्को, हुलास रेमिट, माया रेमिट प्रालि, नबिल बैंक, डिजिटेक रेमिट्यान्स प्रालि र सूर्य रेमिट प्रालि र तिनका नेपालभरका सब एजेन्टमार्फत रकम प्राप्त गर्नु पर्ने जनाएको छ । विभिन्न शर्तसहितको यो योजनामा लक्कि ड्र मार्फत हरेक दिन १ जना भाग्यशाली विजेताले दैनिक १५ हजार रुपैयाँ जित्नेछन् र साथै यो योजनाको अन्तमा एक जना भाग्यशाली बिजेताले बम्पर उपहार स्वरुप ५ लाख रुपैयाँ जित्ने भन्दै कम्पनीले खुसीको पर्व योजना असोज ७ देखि कात्तिक मसान्तसम्म लागूक गरिएको जनाएको छ ।