सिद्धार्थ बैंक र ओम हस्पिटलबीच सम्झौता «

सिद्धार्थ बैंक र ओम हस्पिटलबीच सम्झौता

सिद्धार्थ बैंक लिमिटेड र ओम हस्पिटल एन्ड रिसर्च सेन्टर, चाबहिलकाबीच बैंकका कर्मचारी तथा कर्मचारीका परिवार, सिद्धार्थ उनो क्रेडिट कार्डवाहक तथा उनो कार्डवाहकका परिवार र बैंकका सम्पूर्ण ग्राहकवर्गहरूले यस अस्पतालमा विभिन्न स्वास्थ्य सेवा लिँदा छुट प्राप्त गर्न सक्नेसम्बन्धी सम्झौता भएको जनाएको छ ।
सो सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट पेमेन्ट सलुसन्स्का प्रमुख, सुरेशराज मर्हजन र ओम हस्पिटल एन्ड रिसर्च सेन्टरका तर्फबाट प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले सोमबार हस्ताक्षर गरेका छन् । यसअन्तर्गत बैंकका ग्राहकहरूले डेविट कार्ड, प्रिपेड कार्ड र सिद्धार्थ उनो क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा विशेष छुट उपभोग गर्न सक्ने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्