प्रभु लाइफ इन्स्योरेन्सका दुई शाखाको शुभारम्भ «

प्रभु लाइफ इन्स्योरेन्सका दुई शाखाको शुभारम्भ

 प्रभु लाइफ इन्स्योरेन्सले बिहीबारदेखि आफ्ना नयाँ दुई उप–शाखा कार्यालयहरू धनकुटा उपशाखा तथा अछाम उप–शाखााहरूको एकैसाथ शुभारम्भ गरी कारोबार सुरु गरेको छ । नेपालको इमर्जिङ समूह प्रभु समूह, प्रभु बैंक, सांग्रिला विकास बैंक र मुलुकका अन्य प्रतिष्ठित व्यावसायिक समूहको लगानी रहेको प्रभु लाइफले बिमा बजारलाई ग्रामीण तहसम्म पुराउने लक्ष्य लिएको जनाएको छ ।
धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले एक कार्यक्रमकाबीच धनकुटा उप–शाखा कार्यालय तथा अछाम जिल्ला समन्वय समितिका कार्यवाहक संयोजक टोपबहादुर रावलले अछाम उप–शाखा कार्यालयको उद्घाटन, एकै दिन गरी सेवा शुभारम्भ गरे । कार्यक्रममा धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले जीवन बिमा जरुरी रहेको बताउँदै प्रभु लाइफ इन्स्योरेन्सले धनकुटाको बिमा बजारमा महत्वपूर्ण स्थान बनाउने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्