पर्यटक जनिश र लिसाको बेलहियामा भव्य स्वागत «

पर्यटक जनिश र लिसाको बेलहियामा भव्य स्वागत

रुपन्देही-पहिलो पटक एसिया महादेश घुम्ने उद्देश्य राख्दै भारतबाट स्थलमार्गको बेलहिया हुँदै नेपाल भित्रिएका जर्मनी नागरीक जनिश बिगेनिन र लिसा डिच्ज बिहीबार बिहानै सिमानाकामा नेपालीहरूले गरेको भव्य स्वागतबाट अचम्मै परे । नेपाल प्रवेश गरेलगत्तै बिहीबारको दिन विश्व पर्यटन दिवस रहेको र त्यसैको अवसरमा आफूहरूलाई भव्यतापूर्वक स्वागत गरेको उनिहरूले थाहा पाउँदा निकै हर्षित भए ।
जेनिश २० वर्ष र लिसा १९ वर्षका विद्यार्थी हुन् । फ्रयान्कफर्ट नजिकैको सानो कोब्लेन्ज सहरका यी दुई युवा–युवती माध्यमिक तहसम्मको उच्च शिक्षा सकेर पहिलो पटक एसिया महादेश घुम्न निस्केका हुन् ।
हामीले नेपालको बारेमा बिभिन्न माध्यमबाट सुनेका थियांै । सगरमाथा “बुद्धजन्मस्थल लुम्बिनी विश्वमै प्रसिद्ध छन् । हामीहरू युरोपको अन्य देश घुमेका छौं । तर, युरोप बाहिर भारत हुँदै नेपाल आयौं । संयोगले नेपाल प्रवेश गर्ने दिन पर्यटन दिवश परेको रहेछ । यति धेरै माया, ममता, आत्मियता पायाँै कि हामी आफैं अचम्ममा परयांै,” जनिशले भने । “नेपालीहरू पाहुनाहरूलाई आतिथ्यता प्रदान गर्न निकै अगाडि रहेछन् उनले भने । “हामीले जे सुनेका थियौं, नेपाल राम्रो छ र नेपालीहरू राम्रो छन् । वास्तबमा बिहीबार देख्यौ पनि,” जनिशले भने ।
लिसा पनि निकै खुसी थिइन् । गलामा सयपत्री फूलको माला, शिरमा पाल्पाली ढाकाटोपी, निधारमा अबिर र टीकाले उनको खुसी अझ बढी झल्किएको थियो। हामीत यहा आउदा सरप्राइज प्याकेज नै भयो । पर्यटकहरूलाई देउतानै मान्ने प्रचलन रहेछ नेपालमा , लिसाले भनिन् । नेपाल प्रवेश गर्दाको वातावरणले धेरै खुसी भएको र आफूहरूको २ साताको नेपाल बसाईको क्रममा बुद्धजन्मस्थल लुम्बिनी, पोखरा, चितवन, काठमाडौं भ्रमण गर्ने योजना दुवैको छ ।
पहिलो पटक नेपाल भ्रमणमा आएका यी दुई जर्मनी नागरिकलाई पर्यटन दिवसको दिन स्थलमार्ग प्रवेश गर्ने पहिलो पर्यटकका रूपमा स्वागत गरी नगर परिक्रमा गराइएको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा) प्रदेश ५ का अध्यक्ष विष्णु शर्माले बताए । दुवैलाई पाँचतारे रिसोर्ट टाईगर प्यालेसले १ रातको आवास तथा भोजनको निःशुल्क व्यवस्था गरेको छ भने । नाट्टा र सिद्धार्थ होटल एसोसिएसन(सान)ले लुम्बिनी भ्रमण र पोखरासम्म यातायात र पोखरामा एक रात दुई दिनका लागि आवास र भोजनको निःशुल्क व्यवस्था गरेको सानका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बताए । पर्यटकहरूलाई स्वागत गर्न रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद पाण्डे, सिद्धार्थनगर नगरपालिकाका मेयर हरिप्रसाद अधिकारी पर्यटन आबद्ध संघ–संस्था तथा पर्यटन व्यवसायीहरूले स्वागत गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्