Logo

बजेट स्मार्टफोन निर्माताको चासो दक्षिण कोरियातर्फ

बजेट स्मार्टफोन निर्माताहरूको ध्यान दक्षिण कोरियाली बजारतर्फ गएको एक औद्योगिक स्रोतले जनाएको छ । नयाँ वर्षमा सस्तो स्मार्टफोनतर्फ आकर्षित भइरहेका उपभोक्तालाई आकर्षित गर्नका लागि उनीहरूको ध्यान दक्षिण कोरियामा गएको हो ।
सामसङ इलेक्ट्रोनिक्स कम्पनीले जनवरीमा ५.६ इन्चको ग्यालेक्सी ए–८ र ६ इन्चको ग्यालेक्सी ए–८ प्लस सार्वजनिक गर्ने भएको छ । यसमा सामसङको मोबाइल भुक्तानी व्यवस्था सामसङ पेलगायतमा उच्च विशेषता भएको संयन्त्रका धेरै फिचर राखिएका छन् । यसको मूल्य सूची अनुमानित ६ लाख वन अर्थात् ५ सय ६० डलर छ । यो मूल्य सेप्टेम्बरमा सार्वजनिक भएको ग्यालेक्सी नोट–८ को मूल्य १० लाख वनको तुलनामा ठूलो अन्तरले कम हो ।अगाडिपट्टिको भागमा दोहोरो लेन्स भएको क्यामेरा राख्ने ग्यालेक्सी ए–८ स्मार्टफोन पहिलो ग्योक्सी संयन्त्र भएको सामसङले जनाएको छ । यो फोनमा १६ मोगापिक्सेल र ८ मेगापिक्सेलको सेल्फी क्यामेरा राखिएको छ ।
पछाडिपट्टि १६ मेगापिक्सेलको क्यामेरा पनि राखिएको छ ।यो सामसङको भर्चुअल रियालिटी संयन्त्र गियर भीआर सपोर्ट गर्ने पहिलो ग्यालेक्सी हो ।सामसङको कमजोर प्रतिद्वन्द्वी रहँदै आएको एलजी इलेक्ट्रोनिक्सले पनि आगामी महिना के–१० स्मार्टफोन सार्वजनिक गर्दैछ । यो नयाँ फोनको मूल्य ३ लाखदेखि ४ लाख वनसम्म पर्ने बताइएको छ । यो फोनले एलजीको मोबाइल पेमेन्ट प्लेटफर्म एलजी पे सपोर्ट गर्ने बताइएको छ ।विदेशी प्रविधि फर्महरूले पनि दक्षिण कोरियामा सस्तो स्मार्टफोन ल्याउने प्रयास गरिरहेका छन् । दक्षिण कोरियाली बजारमा हाल सामसङ, एप्पल र एलजीको वर्चस्व रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्