मिस्टर नेपाल २०१८ शनिबार «

मिस्टर नेपाल २०१८ शनिबार

‘मिस्टर नेपाल २०१८’ को प्रतिस्पर्धाका लागि छानिएका १८ प्रतियोगीहरु अन्तिम स्पर्धाको तयारीमा जुटेका छन् । देशका प्रमुख सहर काठमाडौं, पोखरा, विराटनगर, चितवन, धरानलगायतका सहरमा आयोजित पहिलो चरणको अडिसनबाट छानिएका उनीहरु शनिबार हुने अन्तिम प्रतिस्पर्धाका लागि बन्द प्रशिक्षणमा रहेको आयोजकले जनाएको छ ।
१८ वर्षदेखि ३५ वर्षसम्मका सहभागि रहेको प्रतियोगितामा मिष्टर वल्र्ड, मिस्टर नेपाल युनिभर्सल एम्बेसडर, मिस्टर नेपाल म्यान अफ द इयर, मिस्टर नेपाल मेन इन्टरनेशनल, मिस्टर नेपाल मेन एटिच्युट, एक्सपोज नेपाल युथ एम्बेसडर, एक्सपोज नेपाल स्पोड एम्बेसडर, एक्पोज नेपाल टुरिजम एम्बेसडर, सोसल मिडिया स्टार, एसएमएस स्टार, पब्लिक च्वाइ, बेष्ट फिजिक्स, बेष्ट मोडल, फोटोजेनिक, मस्ट ट्यालेन्ट र स्पोर्ट विधामा पुरस्कृत गरिने पनि आयोजकले जनाएको छ ।
प्रतिस्पर्धीहरुलाई स्विमिङ, फुटबल, रक क्लाइम्बिङ्ग, समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ, गु्रमिङ्ग, मेकअप जस्ता विविध विषयमा दक्ष व्यक्तित्वहरुले प्रशिक्षण दिइरहेको आयोजक एक्सपोज नेपाल डटकमले जनाएको छ । प्रतियोगिताको शीर्ष विजेताले सुजुकी बाइक र अन्य विभिन्न उपहार समेत जित्न सक्नेछन् भन्ने अन्य विजेताले पनि विभिन्न उपहार हात पार्नेछन् ।

प्रतिक्रिया दिनुहोस्