पूर्वप्रधानन्यायाधीश कार्कीको आत्मकथा ‘न्याय’ बजारमा «

पूर्वप्रधानन्यायाधीश कार्कीको आत्मकथा ‘न्याय’ बजारमा

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको आत्मकथा ‘न्याय’ गत शनिबार सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच पूर्वप्रधानन्यायाधीश कार्कीलगायतले सो पुस्तक विमोचन गरेका थिए ।
लोकमानसिंह कार्कीको मुद्दादेखि फास्ट ट्रयाक घोटालासम्मका १० वटा मुद्दा अटाएको ३ सय ९२ पृष्ठको बुकहिलले बजारमा ल्याएको पुस्तकको मूल्य ६ सय ५० (पातलो गाता) र ९०० सय रूपैयाँ (हार्ड कभर) रहेको छ ।
पुस्तकमा आफूले भोगेको महाअभियोगको प्रस्ताव, विभिन्न मुद्दामा आफूले सम्पादन गरेको न्याय र व्यक्तिगत भोगाइलाई समेटिएको उनले जानकारी गराइन् ।

 

प्रतिक्रिया दिनुहोस्