टुबोर्ग स्ट्रोङ जनकपुरमा «

टुबोर्ग स्ट्रोङ जनकपुरमा

गोर्खा ब्रुअरीले नेपालको पहिलो प्रिमियम स्ट्रोङ बियर दाबी गर्दै आएको टुबोर्ग क्लासिक विथ स्कच माल्टस् जनकपुरमा पनि बिक्री सुरु गरेको छ ।

जनकपुरको सीताशरण होटलमा आयोजित कार्यक्रममा गोर्खा ब्रुअरीका व्यावसायिक साझेदार, आधिकारिक वितरक, थोक विक्रेता, खुद्रा विक्रेता र सेलिब्रेटीहरूको सहभागितामा कार्यक्रम आयोजना भएको थियो । 

सन् १९९० मा गोर्खा ब्रुअरीले  नेपाली बजारमा प्रस्तुत गरेको टुबोर्ग बियर नेपालमा भित्रने पहिलो अन्तर्राष्ट्रिय ब्रान्ड हो । सन् १८८० देखि नै विश्व बजारमा आम उपभोक्ताहरूले यसमा रहेको अद्भुत गुणस्तर र ताजा स्वादको आनन्द लिँदै आइरहेको कम्पनीको भनाइ छ ।

“नेपालको सबैभन्दा ठूलो बु्रअरी, गोर्खा ब्रुअरीले ल्याएको यो इनोभेसनले आफ्नो बजार नेतृत्वलाई थप बढावा र निरन्तरता दिनेछ भन्नेमा कम्पनी अत्याधिक आशावादी र विश्वस्त छ,” विज्ञप्तिमा भनिएको छ । 

कार्यक्रममा ब्रुअरीका प्रबन्ध निर्देशक अरुण अधिकारीले भने, “हाम्रो उद्देश्य भनेको हाम्रा उपभोक्ताहरूलाई विश्वस्तरको स्वाद छनोट गर्ने अवसर प्रदान गर्नु हो । त्यसैले हामीले हाम्रो काल्सबर्ग समूहका सहकर्मीहरूसँग सहकार्य गरी एक विशेष रेसिपी तयार पारेका छौं । यसले नेपाली उपभोक्ताहरूमाँझ विशेष तथा उत्कृष्ट स्वाद छनोट गर्न मदत गर्छ ।” 

‘स्ट्रोंगर एन्ड स्मुदर’ ट्यगलाइनलाई सार्थक पार्दै टुबोर्ग क्लासिकमा रहेको स्कच माल्टस् र उत्कृष्ट हप्स्ले बियरका पारखीहरूलाई ताजा र भिन्न पिउने अनुभव प्रदान गर्नेछ । ६.५ प्रतिशत अल्कोहलको मात्रा रहेको यस बियरको ६५० एमएल बोतलको बजार मूल्य ३ सय १० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्