मंगलमद्वारा सीपीभीसी प्लस पाइप लन्च «

मंगलमद्वारा सीपीभीसी प्लस पाइप लन्च

 पाइप तथा फिटिङ उत्पादन क्षेत्रमा नेपालकै अग्रणी कम्पनी मंगलम प्रालिले पहिलो पटक सीपीभीसी प्लस पाइपलाई नेपाली बजारमा ल्याएको छ । हयात रिजेन्सी होटेल, बौद्धमा बुधबार आयोजित एक समारोहमार्फत यस पाइपको लन्च गरिएको थियो । अन्तर्राष्ट्रिय गुणस्तरको पाइप तथा फिटिङ उत्पादन गर्दै आएको मंगलमका उत्पादनले विगत कयौं वर्षदेखि नेपाली उपभोक्ताको मन जित्दै आएको छ । समय सापेक्ष रूपमा उपभोक्तालाई नवीन उत्पादन पस्किँदै आएको मंगलमले नेपाली परिवेशमा सीपीभीसीको उपयोगितालाई मध्यनजर गदै आईएसआई प्रमाणित सीपीभीसी प्लस पाइपलाई नेपाली बजारमा भित्रयाएको हो ।

प्रतिक्रिया दिनुहोस्