सन नेपाल लाइफको बीमा जागरण अभियान «

सन नेपाल लाइफको बीमा जागरण अभियान

सन नेपाल लाइफ इन्स्योरेन्सले प्रथम वाषिकोत्सवको अवसरमा सोमबार बिर्तामोडको अग्रसेन भवनमा, मंगलबार इलामको इलामचोक बजार तथा फिदिमको गणतन्त्रचोक फिदिम बजारमा बीमाको जनचेतना अभिवृद्धि गर्ने उदेश्यकासाथ कम्पनीले बीमा जागरण अभियान गरेको जनाएको छ । कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको अध्यक्षता तथा ब्राण्ड एम्बेसडर एवंं सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको कम्पनीले जनाएको छ । करिव ५०० जनाको उपस्थिती रहेको उक्त कार्यक्रमहरुमा कम्पनीका महाप्रवन्धक कमलराज गौतमले जीवनबीमाको महत्वबारे प्रकाश पारेका थिए भने सोही कार्यक्रममा कम्पनीका ब्राण्ड एम्बेसडर एवंं सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले बीमा जागरण अभियानको महत्वबारे प्रकाश पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्