बालिकाको बलात्कारपछि हत्या, अभियुक्त सार्वजनिक «

बालिकाको बलात्कारपछि हत्या, अभियुक्त सार्वजनिक

पोखरा –पोखरामा १० वर्षीया बालिका श्रीया विक (सुनार) को हत्या अभियोगमा २७ वर्षीय कुशुम पौडेललाई कास्की प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार पोखरामा पत्रकार सम्मेलन गरी उक्त घटनाको बारे जानकारी गराउँदै पौडेललाई सार्वजनिक गरेको हो ।
कास्कीका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले उक्त घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरिएकोले कानुन अनुसार उनलाई कारबाही हुने बताए । पोखरा महानगरपालिका २२ स्थित पुम्दी भुम्दी, छहरा, कोदी बस्दै आएका पौडेलले बालिकालाई बलात्कारपछि हत्या नै गरेको पत्रकार सम्मेलनमा बताए । हत्याको आरोपमा पक्राउ परेका पौडेललाई कर्तव्य ज्यान अन्र्तगत मुद्दा चलाइने कास्की प्रहरीले जनाएको छ ।
लिला आधारभूत निमाविमा कक्षा ३ मा अध्ययनरत श्रीया मामा कृण्ण सुनारको घरमा बस्दै आएकी थिईन् । भोक लागेर सोमबार बेलुका करिब ५ः३० बजे बिष्कुट किन्न मामाघर भन्दा केही तल पसलमा झरेकी बालिकालाई मिठाई दिई, १० रुपैयाँ देखाई प्रलोभनमा पारी पौडेलले जबर्जस्ती गर्न खोज्दा बालिका कराउन थालेपछि झाडीमा धकेली घाँटी थिचेर मारेको पौडेलले प्रहरीलाई दिएको बयानमा उल्लेख छ ।
घर र पसलको करिब बीच भागमा पर्ने एउटा पुरानो तर हाल कोहि नबस्ने घर छ । त्यही घर र पानी ट्याङकीबीचको भागबाट पौडेलले बालिकालाई फकाई झाडीमा पु¥याई करणी गर्न खोज्दा चिच्याउन थालेपछि हातले घाँटी थिचेको कास्की प्रहरीले घटनाको बारे पत्रकारलाई दिएको प्रेस विज्ञप्तीमा उल्लेख छ । बालिका बेहोस भएपश्चात् पौडेलले ढुंगाले अनुहार, टाउकोमा प्रहार गरी टाउको थिची हत्या गरेको विज्ञ्प्तीमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी नायव उपरिक्षक रविन्द्रमान गुरुङ र वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायव उपरिक्षक नविन कार्कीको कमान्डमा अनुसन्धान टोली गठन गरी खोजतलास गर्ने काममा प्रहरी लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्