५ अर्बको विकास ऋणपत्र खरिद गर्दै केन्द्रीय बैंक «

५ अर्बको विकास ऋणपत्र खरिद गर्दै केन्द्रीय बैंक

वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव बढ्दै गाएपछि नेपाल राष्ट्र बैंकले आइतबार ५ अर्ब रुपैयाँ छोड्ने भएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थासँग भएको विकास ऋणपत्र खरिद गरी तरलता प्रवाह गर्न खोजेको हो ।
बैंक तथा वित्तीय संस्थाले लगानी गरेको विकास ऋणपत्र नेपाल राष्ट्र बैंकले खरिद गरी संस्थालाई लगानीयोग्य रकम दिन लागेको हो । केन्द्रीय बैंकले सरकारलाई उठाएको आन्तरिक ऋण तथा चुनावमा खर्च भएको पैसा वित्तीय प्रणाली नआएपछि समस्या बढ्दै गएको हो ।
चालू आर्थिक वर्षमा सरकारले १४५ अर्ब आन्तरिक ऋण उठाउने योजना गरेकोमा पहिलो त्रैमासमा नै १०९ अर्ब उठाइसकेको छ । तर, त्यो रकम खर्च गर्न नसक्दा समस्या बढेको हो । सरकारले स्थानीय तहमा २ किस्ता गरी १५० अर्ब रुपैयाँ निकासा दिएको भए पनि वाणिज्य बैंकहरूमा नआएको हुनाले तरलता समस्या आएको हो ।
पछिल्लो समयमा वित्तीय प्रणालीको औसत पुँजी, कर्जा तथा निक्षेप अनुपात ७९ प्रतिशतको हाराहारीमा छ । त्यसले गर्दा बैंकहरूले कर्जा प्रवाह गर्न सक्ने अवस्था छैन । हाल वित्तीय प्रणालीमा करिब ३४ अर्ब एक्सेस तरलता रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । हालको वित्तीय प्रणालीको अवस्था समान्य रहेपछि केही बैंकका कारण हल्ला खल्ला धेरै भएको केन्द्रीय बैंकले जनाएको छ । बैकहरू आत्तिएर ब्याजदर बढाएर निक्षेप कल गरेको हुनसक्ने राष्ट्र बैंकले जनाएको छ ।
पछिल्लो समयमा अन्तर बैंक दर पनि ४.७८ प्रतिशत रहेको छ । त्यसका साथै केन्द्रीय बैंकले आइतबार ५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र खरिद गर्ने भएकाले पनि बजारमा तरलता आउने तथा ब्याजदर उच्च दरमा बढ्न नियन्त्रण हुन सक्ने सम्भावना रहेको छ । आज निष्कासन हुने सो विकास ऋणपत्रको सोझै बोलकबोल मार्फत खरिद बिक्री हुने केन्द्रीय बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्