जुम्ल्याहा चिकित्सकले गराए जुम्ल्याहा बच्चाको डेलिभरी «

जुम्ल्याहा चिकित्सकले गराए जुम्ल्याहा बच्चाको डेलिभरी

पेन्सिल्भानिया-अमेरिकाको पेन्सिल्भानियामा एक अस्पतालमा जुम्ल्याहा चिकित्सकले जुम्ल्याहा बच्चाको डेलिभरी गराएका छन् । यी चिकित्सक पनि जुम्ल्याहानै जन्मेकाले समाचार भाइरल भइरहेको छ ।
नेथन तथा म्याथ्यू केलर नामका दुई चिकित्सकले फ्रेटर्नल जुम्ल्याहा शिशुको डेलिभरी आफ्नै रेखदेखमा गराएका हुन् । यी दुई चिकित्सक ३२ वर्ष पहिले यसै अस्पतालमा जन्मेका थिए । दुवै चिकित्सकले या् डेलिभरी सिजेरियन अपरेसनको माध्यमाबाट गराएका हुन् ।
जुम्ल्याहा बच्चामा एक छोरा र एक छोरी रहेका छन् । छोराको नाम जेभियर तथा छोरीको नाम ग्वेन्डोलिन राखिएको छ । यी दुवै बच्चाको जन्म केबल १ मिनेटको अन्तरमा भएको हो ।
जुम्ल्याहा बच्चाको डेलिभरीका लागि दुवै दाजुभाई तनमनले जुटेका थिए । अपरेशन थियटरमा नेथन तथा म्याथ्यू लगातार काम गर्दै एक अर्कालाई सहयोग गर्दै आएका छन् । बच्चाको डेलिभरी गर्नका लागि जुटेका दाजुभाइले यो आफ् ना लागि एक सानदार अनुभव भएको बताए । चिकित्सकका अनुसार यी दुवै दाजुभाई ३२ वर्ष पहिले यसै अस्पतालमा जन्मिएका थिए । त्यसैले डेलिभरी गराउनका लागि राम्रो अनुभव भएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्