सेसेल्समा एनआरएनए एनसीसी गठन «

सेसेल्समा एनआरएनए एनसीसी गठन

गैरआवासीय नेपाली संघको ७९औं एनसिसिको रुपमा एनसिसि सेसेल्स गठन भएको छ । अफ्रिकन देश सेसेल्स अफ्रिकाको सबैभन्दा बढी प्रतिव्यक्ति आय भएको र थोरै जनसंख्या भएको देश हो ।
अफ्रिकाको पूर्वी तटमा अवस्थित टापुहरुको रुपमा रहेको यो देश संसारकै प्रमुख पर्यटकीय स्थलमध्ये एक हो । यहाँ पाँच सयभन्दा बढी नेपालीहरु होटेल र अन्य पर्यटन उद्योगमा कार्यरत छन् । १३ सेप्टेम्बरमा सम्पन्न नेपालीहरुको एक भेलाले रामप्रसाद पन्तको अध्यक्षतामा एनआरएनए सेसेल्सको गठन भएको एनआरएनए अफ्रिकाका क्षेत्रीय संयोजक सुनिल कार्कीले जानकारी जानकारी दिए । अन्य पदाधिकारीहरुमा उपाध्यक्ष मनोज बिक र किशोर कुमार महर्जन, महासचिव कम्मान सिंह खत्री, सचिव विश्वजीत कार्की, कोषाध्यक्ष कोमलराज पान्डेय, सहकोषाध्यक्ष किरण अधिकारी, प्रवक्ता एकराज सुवेदी, महिला संयोजक गोमा अधिकारी र युवा संयोजक राम चन्द्र राई रहेका छन् त्यसैगरी सदस्यहरुमा चेतमान कुँवर, आइन्द्र लिम्बू र विष्णु चयन भएका छन ।

प्रतिक्रिया दिनुहोस्