साओमी इन्डिया ब्रान्डको स्मार्टफोन बजारमा «

साओमी इन्डिया ब्रान्डको स्मार्टफोन बजारमा

 साओमीले नयाँ स्मार्टफोन नेपालमा आधिकारिक रूपमा प्रवेश गरेको छ । प्राविधिक तवरमा विश्वकै अग्रणी स्थानमा रहेको साओमी इन्डियाले एमआइ एटु, एमआई एटु लाइट, रेड्मी सिक्स र रेड्मी सिक्स एक भर्सनका स्मार्टफोन सार्वजनिक गरेको हो ।
जीआओमी इन्डियका वैदेशिक विस्तार प्रमुख संकेत अग्रवालले नयाँ प्रविधिलाई बजारमा ल्याई ग्राहकलाई सुलभ मूल्यमा फोन उपलब्ध गराउने प्रतिबद्धता जनाए । नेपाली बजारमा फोनहरू ल्याउन नपाउँदा हर्षित भएका छौं, उनले भने, “केही वर्षयता नेपालमा स्मार्टफोनले बजार लिएकोले सहकार्य गर्न उत्सुक पनि छौं । उनले लाखौं एमआइ समर्थकको साथ लिएर एउटा मीठो कथा लेख्ने विश्वास व्यक्त गरे ।”
रेडमि सिक्स दुइटा क्यामरा भएको, ओक्ट्याकोर स्पिडको विशेषता सहितको छ । यस्तै बाह्र एनएमको प्रोसेसरको ब्याट्रीको प्रयोगमा ४८ प्रतिशत कमी ल्याउँछ । ५.४५ इन्च स्क्रिन भएको यस फोनको रिजोलुसन पनि उच्च छ । यस फोनको पछाडिको प्यानलमा पोलिकार्बोनेट प्रयोग गरिएको धातु सरह हुन्छ ।
रेडमी सिक्सको मूल्य १६ हजार ४ ९९ देखि १८ हजार ४ सय ९९ रुपैयाँ छ । रेडमी सिक्स ‘ए’को बजार मूल्य १२ हजार ९ सय रुपैयाँ छ । यस्तै कालो, सुनौलो र नीलो रंग रहेको एमआई एटुको मूल्य ३० हजार ९ सय ९९ रुपैयाँ, एमआई ए टु लाइटको २४ हजार ४ सय ९९ र २० हजार ९ सय ९९ रुपैयाँ छ ।

 

 

प्रतिक्रिया दिनुहोस्