दसैं लक्षित स्टक क्लियरेन्स मेला भोलिदेखि «

दसैं लक्षित स्टक क्लियरेन्स मेला भोलिदेखि

दसैंको अवसर पारेर आगामी बिहीबारदेखि राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुँदैछ । दसैंका लागि सस्तो मूल्यमा वस्तु तथा सेवाको बिक्री वितरण गर्ने लक्ष्यका साथ आयोजना हुन लागेको मेलामा बजारको तुलनामा सस्तोमा सामान किन्न पाइन्छ ।
एकै छानामुनि सुपथ मूल्यमा आमउपभोक्तालाई दसैंको किनमेल गराउने उद्देश्यले इभेन्ट सोलुसन प्रालिको आयोजनामा मेला हुन लागेको हो । नेपाल चेम्बर अफकमर्सको प्रवद्र्धनमा आयोजना हुने मेलाको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ ।
बर्सिेनि आयोजना हुँदै आएको एक्स्पोलाई यस पटक पनि निरन्तरता दिँदै ‘दसैंको बेला सस्तो मेला’ नारा दिइएको छ । ५ दिनसम्म चल्ने एक्स्पोमा दसैंका लागि आवश्यक सबै किसिमका सामग्रीहरू सस्तो मूल्यमा किनमेल गर्न पाइने आयोजक संस्था इभेन्ट सोलुसन प्रालिका प्रबन्धनिर्देशक विजयसागर प्रधानले बताए ।
“मेलामा कपडा, जुत्ता, ह्यान्डिक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकलर होम अप्लाइन्सेजका ७२ स्टलहरू छन् । मेलामा बजारको तुलनामा सस्तोमा स्वदेशी तथा विदेशी ब्रान्डका सामान खरिद गर्न सकिन्छ,” प्रधानले भने ।
मेलामा काठमाडौं, भक्तपुर, ललितपुर र आसपासबाट उपभोक्ताहरू सामान किन्न आउने र बिक्रेताहरूको पनि राम्रो जमघट हुने विश्वास इभेन्ट सोलुसनले लिएको छ । “दसैंको सपिङ गर्न उपभोक्ताहरू बजारमा धेरै भौतारिनुपर्ने अवस्था नहोस् भन्न एउटै छानामुनि क्लियरेन्स मेला आयोजना गर्न लागेका हौं,” प्रधानले भने ।

 

प्रतिक्रिया दिनुहोस्