सीजीको दसैं, तिहार तथा छठमा नयाँ उपहार योजना «
Logo

सीजीको दसैं, तिहार तथा छठमा नयाँ उपहार योजना

 नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स् ब्रान्ड सीजीले यसपालिको चाडपर्व दसैं, तिहार तथा छठलाई लक्षित गर्दै आप्mनो ‘यसपालिको चाडमा, सीजी लाग्यो घरघरमा’ नामक नयाँ उपहार योजना ल्याएको छ । यस उपहार योजनाअन्तर्गत अब ग्राहकहरूले सीजी ब्रान्डका विभिन्न इलेक्ट्रोनिक्स् सामानहरूको खरिदमा १० वर्षसम्मको वारेन्टी, ३६ प्रतिशतसम्मको आकर्षक बचत क्यासब्याक तथा अन्य विभिन्न पक्का उपहारहरू प्राप्त गर्नुहुनेछ । साथै, हरेक साता सीजीकै रेफ्रिजरेटर तथा सीजीकै टेलिभिजन जित्नुका साथै बम्पर उपहारमा एक जोडीलाई थाइल्याण्ड घुम्ने अवसर पनि छ ।
उक्त योजनाअन्तर्गत ग्राहकहरूले सीजी ब्रान्डका टेलिभिजनहरूको खरिदमा ३ वर्ष सम्मको वारेन्टी, ३६ प्रतिशतसम्मको बचत, तथा सीजी ५.१ स्पिकर लगायत सीजी. २.१ स्पिकर प्राप्त गर्नुहुनेछ । सीजी ब्रान्डका रेफ्रिजरेटरहरूको खरिदमा ६० महिनाको वारेन्टी, २१ प्रतिशतसम्मको बचतलगायत इन्टेक्स् फिटरिस्ट् वाच प्राप्त गर्न सक्नुहुनेछ । सीजी ब्रान्डका वासिङ मेसिनहरूको खरिदमा १० वर्षसम्मको वारेन्टी, इन्टेक्स् फिटरिस्ट वाचलगायत ५ किलोग्राम एरियल डिटरजेन्ट पाउडर प्राप्त गर्न सक्नुहुनेछ । यसैगरी सीजी ब्रान्डका अन्य थुप्रै इलेक्ट्रोनिक्स् प्रोडक्टहरूमा पनि यस्तै आकर्षक पक्का उपहारहरू छ ।
यो आकर्षक योजना कम्पनीले आज(बुधबार)बाट देशभरमा सीमित अवधिका लागि मात्र लागू गरेको छ ।

प्रतिक्रिया दिनुहोस्