पोखरामा इलेक्ट्रिक स्कुटर न्यूको बिक्री सुरु «

पोखरामा इलेक्ट्रिक स्कुटर न्यूको बिक्री सुरु

पर्यटकीय नगरी पोखरामा चाइनिज ब्रान्डको इलेट्रिक स्कुटर ‘न्यू’ बजारमा आएसँगै बिक्री वितरण सुरु भएको छ । पोखराको सभागृहमा रहेको इलेक्ट्रो हवले यस क्षेत्रका लागि बिक्री वितरणको जिम्मा लिँदैदेखि बिक्री वितरण गर्न सुरु गरेको हो ।
नेपालको आधिकारिक विक्रेता इको इन्फिनिटीका प्रगुण राजभण्डारीले स्कुटरको बारेमा जानकारी गराउँदै नम्बर प्लेट पाउने नेपालको पहिलो इलेक्ट्रिक स्कुटर न्यू भएको दाबी गरे । उक्त स्कुटरको प्रयोगले पेट्रोलका लागि खर्च हुने वार्षिक करिब ५० हजारसम्म बचाउन सकिने उनले जनाए । ६ घण्टासम्म फुल चार्ज गरेपछि ८० किलोमिटर चलाउन सकिने उक्त स्कुटर प्रतिघण्टा ५० किलोमिटरको गतिमा गुड्न सक्ने उनले जनाए ।
युवा पुस्ता लक्षित न्यु स्कुटरको लुक्स पेट्रोल स्कुटर भन्दा कुनै कमि नभएको कम्पनीले दाबी गरेको छ । इलेक्ट्रो हबका प्रबन्ध निर्देशक सुयस मल्लले उक्त स्कुटरमा मोलाइल चार्जको सुविधा, ब्याट्री निकालेर घरमै पनि चार्ज गर्न मिल्ने लगायतको सुविधा भएको बताए । उद्घाटनको अवसरमा एक हस्तासम्म १० हजारसम्म छुट दिने भएको उनले जनाए । उक्त स्कुटरको मूल्य २ लाख ३५ हजार रुपैयाँ छ । काठमाडांैमा १ वर्ष अघिदेखि यसको बिक्री सुरु भए तापनि पोखरामा भने हालै भित्रिएको हो ।
उक्त स्कुटरको बिक्रीको औपचारिक शुभारम्भ गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले नयाँ पुस्ताले नयाँ कुरामा लगानी गरेकोमा खुसी व्यक्त गर्दै उक्त व्यवसाय प्रबद्र्धनका लागि प्रदेश सरकारले आवश्यक पर्ने स्थानमा चार्ज स्टेसनको व्यवस्था गर्न समन्वय गर्ने बताए । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले वातावरण मैत्री सवारी सवारीलाई अब प्रथामिकता दिनुपर्ने बताए ।
युवा पुस्ताले वातावरण मैत्री सवारी बिक्रीको जिम्मा लिएर व्यवसाय मात्रै नभई सामाजिक उत्तरदाहित्व समेत बोध गर्नुपर्नेमा जोड दिए । इलेक्ट्रो हवका निर्देशक शिव मल्लले पोखराको वातावरण सुहाउँदो हुने गरी उक्त स्कुटर पोखरामा भिœयाएको बताए । इलेक्ट्रो हबका प्रबन्ध निर्देशक सुयस मल्लको अध्यक्षतामा भएको कार्यक्रममा पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष चन्द्रबहादुर कुँवर, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रवीन्द्रबहादुर प्रजु, सञ्चारकर्मी सन्जय मल्ल लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्