बट्टार बजारमा कला मोटर्स प्रालि सञ्चालनमा «

बट्टार बजारमा कला मोटर्स प्रालि सञ्चालनमा

 बट्टार बजारमा महिन्द्रा कम्पनी अन्तर्गतको अग्नि इनकर्पोरेट प्रालिको शाखाका रूपमा गाडी र त्यसका सामग्री बिक्री एवं मर्मत गर्न कला मोटर्स प्रालि सञ्चालनमा आएको छ । विदुर नगरपालिका–४ संगमचोकमा शुक्रबारदेखि सञ्चालनमा आएको महिन्द्रा कम्पनीको सवारीसाधन बिक्री केन्द्रको रुपमा रहेको कला मोटर्स पार्टसको अग्नि इनकर्पोरेट प्रालिका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, प्रदेशसभा सदस्य हिरानाथ खतिवडा र जिल्ला समन्वयन समितिका प्रमुख सन्तमान तामाङले सयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
दुई जिल्लाको ग्राहकका लागि महिन्द्र कम्पनीको उत्पादन रहेका गाडी र त्यसका सामग्री बिक्री एवं मर्मत सेवा सञ्चालनमा ल्याएको कला मोटर्स प्रालिमा प्रबन्ध निर्देशक राजन श्रेष्ठले जानकारी दिए । उनको अनुसार हाल ४ करोड रुपैयाँ लगानीमा सञ्चालनमा ल्याएको ‘सो रुम’मा २५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
कला मोटर्स प्रालिले महिन्द्रा कम्पनीको उत्पादनहरू ट्याक्टर, स्कार्पियो, बोलेरोलगायतका गाडी फाइनान्स सहितको सुविधामा विक्री सुरु गरेको छ । उक्त कम्पनीमा उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा नुवाकोट उद्योग वाणिज्य संघ निवर्तमान अध्यक्ष श्रेष्ठसहित नुवाकोटको व्यवसायी रिना श्रेष्ठ र धादिङका व्यवसायीहरू रमेशभाइ अधिकारी र चन्द्रकान्त अधिकारीको लगानी छ ।

 

प्रतिक्रिया दिनुहोस्