बैंक अफ काठमान्डुका ग्राहकहरूका लागि दसैं–तिहारको अफर «

बैंक अफ काठमान्डुका ग्राहकहरूका लागि दसैं–तिहारको अफर

यस दसैं तथा तिहारको शुभ अवसरमा बैंक अफ काठमान्डुले आफ्ना सबै कार्ड धनी ग्राहकवर्गहरूलाई विशेष छुटको व्यवस्था गरेको छ । यस छुटअन्तर्गत बैंक अफ काठमान्डुका ग्राहकवर्गहरूले आफ्नो कार्डमार्फत ग्राण्डी हस्पिटलको सेवा लिएबापत ७.५ प्रतिशत छुट छ । एलजी लाइफस्टाइलको कुनै पनि सोरुमबाट सामान खरिद गर्दा १५ प्रतिशत, सीजी डिजिटलको कुनै पनि सोरुमबाट सामान खरिद गर्दा १५ प्रतिशत, दरबारमार्ग स्थित सुलक्स सेन्टरमा १० प्रतिशत, सुलक्स एन्ड कम्पनीमा १० प्रतिशत, फलानो लुगाको कुनै पनि सोरुमबाट सामान खरिद गर्दा १५ प्रतिशत र अर्गानिक चुलो बत्तीसपुतलीमा १५ प्रतिशत छुटको लाभ उठाउन सक्नुहुनेछ । बैंकद्वारा यो सुविधा सीमित अवधिका लागि मात्र लागू गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्