पोखरामा भोलि मिनी सडक महोत्सव हुने «

पोखरामा भोलि मिनी सडक महोत्सव हुने

पोखराको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बिहीबारदेखि मिनी सडक महोत्सव हुने भएको छ । विश्व पर्यटन दिवसको अवसरमा रेस्टुराँ एन्ड बार एसोसिएसन नेपाल (रेबान) पोखराले एक दिने उक्त महोत्सव गर्ने भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।
पर्यटनको सिजन सुरु हुने पूर्वसन्दर्भमा पर्यटन दिवसको अवसर पारेर यस वर्ष पनि उक्त महोत्सव गरिने भएको रेवानका पूर्वअध्यक्ष गोपीबहादुर भट्टराईले बताए । मिनी सडक महोत्सव बाराही चोकदेखि खहरेसम्म बेलुका ५ः०० बजेबाट राति ११ बजेसम्म हुने भएको महोत्सव संयोजक लक्ष्मण बरालले बताए । महोत्सवमा सडकमै विभिन्न राष्ट्रिय तथा अन्तर्रािष्ट्रय खानाको परिकार रेस्टुराँहरूले उपलब्ध गराउने उनले जानकारी दिए । रेस्टुराँहरू सडकमै हुनेछन् ।
नेपालका विभिन्न जातीय तथा धार्मिक संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम तथा पर्यटकीय आकर्षण वृत्तचित्रको प्रदर्शनी, गन्धर्व गायन प्रस्तुति, नेवारी ताय मचः संस्कृतिक कार्यक्रम, प्रत्यक्ष रक संगीत प्रस्तुति लगायतका सडकमै मनोरञ्जनात्मक कार्यक्रमहरूको प्रस्तुति रहने भएको छ ।
पर्यटन दिवसका दिन हवाई उडान हुँदै र सडक मार्ग हँुदै पोखरा आइपुग्ने पाहुनाको पहिलो टोलीलाई फूलमालासहित स्वागत गरिने भएको छ । पोखरा पर्यटन परिषद्का नवनिर्वाचित अध्यक्ष चिरन्जीवी पोखरेलले उक्त महोत्सवले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए । महोत्सवमा नेपाली खानाको साथमा नेपाली मौलिक परम्परागत सांस्कृतिक कार्यक्रमसमेत प्रदर्शन हुने रेवानका निवर्तमान अध्यक्ष चौबहादुर गुरुङले बताए । “पर्यटन र डिजिटल परिवर्तन भन्ने मुल नाराका साथ यस वर्ष पर्यटकीय क्ष्ोत्रमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

प्रतिक्रिया दिनुहोस्