आर्थिक समृद्धिको आधार पर्यटन : सभामुख «

आर्थिक समृद्धिको आधार पर्यटन : सभामुख

काठमाडौं– सभामुख कृष्णबहादुर महराले नेपालको सामाजिक विकास र आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्र बलियो आधार भएको बताए । नेपालका पर्यटन सम्भवानालाई अवसरमा बदल्नका लागि आबश्यक पूर्वधारको विकासमा जोड दिनुपर्ने संघीय सभाका सभामुख महराको भनाइ छ । सरकारले पर्यटन विकासका लागि आवश्यक लगानी बढाउनुपर्ने, भन्दै विधागत पत्रकारिताले पर्यटन क्षेत्रको प्रचार–प्रसारमा टेवा पुग्नेमा जोड दिए ।
नेपाल पर्यटन पत्रकार महासंघ (नेफ्टोज) को तेस्रो केन्द्रीय साधारणसभाको उद्घाटन गर्दै सभामुख महराले पर्यटन नेपालको प्रचारका साथै, आर्थिक रूपमा सबल बनाउने बताए । नेपाललाई विश्वको पर्यटकीय गन्तव्य बनाउन आवश्यक पूर्वाधार निर्माणको आवश्यकता छ । उनले भने, “मुलुकको विकास र आर्थिक समृद्धिका लागि पर्यटन प्रवद्र्धन अपरिहार्य छ, यसमा सरकारसहित सबै क्षेत्र लाग्नुपर्छ ।” लगानी बढाउनु पर्छ, यहाँका सम्भवानालाई अबसरमा बदल्ने भनेकै पर्यटन क्षेत्र हो उनले भने ।
पर्यटन पत्रकार महासंघले सुरु गरेको विधागत पर्यटन पत्रकारिताले मुलुकमा नयाँ आयाम थपिने विश्वास छ । सभामुख महराले पर्यटनको प्रवल संभावनालाई महासंघको गतिविधिले देशको उन्नयन हुने अपेक्षा गरिएको बताए । दाङबाट विगत ४ वर्ष पहिले सानो समूह हँुदै, केन्द्रीय साभारणसभासम्म आउँदा निके खुसी लागेको तर्क दिए । उनले थपे, पर्यटन पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्लाको सक्रियाताकै कारण पर्यटन क्षेत्रका विकासमा तीनै तहको सरकार गम्भीर भएको छ ।
महासंघलाई सरकाले आवश्यक सहयोग गर्ने बताए । महासंघका अध्यक्ष धनिराम शर्माले पश्चिम नेपालबाट थालिएको पर्यटन क्षेत्रको विधागत पत्रकारिताले राष्ट्रियस्तरसम्म आइपुग्दा अपेक्षित आकार लिएको बताए । मुलुकको विकासमा महासंघले विधागत पत्रकारिताबाट सहयोग पु¥याउन अनवरत रूपमा लागि पर्नमा जोड दिए । उनका अनुसार सोमबार साभारणसभामा गरिएको विभिन्न निर्णयलाई मंगलबार एक कार्यक्रमकाबीच सार्वजनिक गरिनेछ । भने, नेपाल पर्यटन वर्ष २०२० को समेत मंगलबार पर्यटन मन्त्रीबाट उद्घाटन गर्ने कार्यक्रम रहेको बताए ।
पर्यटन वर्ष २०२० सफल बनाउन तथा तेस्रो केन्द्रीय साधारणसभालाई सम्पन्न गराउन देशभरका पर्यटन क्षेत्रकमा कलम चलाउने पत्रकारहरू काठमाडौं झरेका छन् भने झन्डै १५० भन्दा बढी पर्यटन पत्रकारहरूको सहभागतिा थियो ।

प्रतिक्रिया दिनुहोस्