Logo

छानबिन समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन

स्लग :निर्मला बलात्कार–हत्या प्रकरण
कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्नको पहिचान गर्न गठित उच्च स्तरीय छानबिन समितिले गृहमन्त्री रामबहादुर थापा (बादल)लाई प्रतिवेदन बुझाएको छ । कारागार व्यवस्थापन विभागका महानिर्देशक हरीप्रसाद मैनालीको संयोजकत्वमा गठित छानबिन समितिले मंगलबार गृहमन्त्री थापालाई संलग्न दोषीमाथी कडा कारबाहीको सुझावसहित प्रतिवेदन बुझाएको हो ।
छानबिन समितिले कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख निलम्बित एसपी डिल्लीराज विष्टसहित अनुसन्धानमा संलग्नमाथि समेत थप छानबिन गरी कारबाही गर्न सिफारिस गरेको स्रोतले जानकारी दियो । यद्यपि बलात्कार र हत्यामा संलग्नबारे समितिले कुनै प्रतिक्रिया दिएको छैन । गृह मन्त्रालयले पनि प्रतिवेदन गुपचुप राखेको छ । सोही प्रकरणमा गृह मन्त्रालयले एसपी विष्टसहित अनुसन्धान गर्ने कञ्चनपुरका तत्कालिन डीएसपी ज्ञानबहादुर सेठी, केन्द्रीय अनुसन्धान व्यूरोका डीएसपी अंगुर जीसी र प्रहरी निरीक्षक एकेन्द्र खड्कासहित ६ जनालाई निलम्विन नै गरी अनुसन्धान जारी राखिएको छ । निलम्वित प्रहरी तथा अन्य गरी डेढ दर्जन संकास्पद व्यक्तिमाथी प्रहरी मुख्यालयले थप छानविन गरीरहेको छ ।
नेपाल प्रहरी र त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विज्ञ डा. हरिहर वस्तीसहितको टोलीले निलम्वित एसपी विष्ट, उनका छोरा किरण विष्ट तथा भीमदत्त नगरपालिका (कञ्चनपुर)का मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डीएनए परीक्षणका क्रममै छ ।

प्रतिक्रिया दिनुहोस्