चीनलाई कसैले ढाल्न सक्दैनः चिनियाँ सञ्चार माध्यम «

चीनलाई कसैले ढाल्न सक्दैनः चिनियाँ सञ्चार माध्यम

बेइजिङ-चीनलाई कसैले पनि ढाल्न वा झुकाउन नसक्ने चीनका सञ्चार माध्यममा सोमबार आएको सम्पादकियले जनाएको छ । आफ्नो मुलुक बिरुद्धको अमेरिकी व्यापारिक दबाबले दुई मुलुकबीचको द्विपक्षिय सम्बन्ध मात्रै बिगार्दैनकी यसले अमेरिकी अर्थतन्त्र र बृहत विश्वव्यापी बजारलाई पनि असर पार्ने चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् ।
अमेरिकी र चिनियाँ सामग्रीलाई निसाना बनाएर लगाइएको दुई पक्षिय भन्सार सोमबारबाट कार्यान्वयनमा आएपछिको. समयमा चीनबाट यो पछिल्लो प्रतिक्रिया आएको हो । सोमबारबाट कार्यान्वयनमा आएको कर वृद्धिले विश्वका दुई ठूला अर्थतन्त्रबीचको तनावमा झनै वृद्धि भएको छ ।
अमेरिकाले २०० अर्ब डलरका चिनियाँ सामग्रीमा १० प्रतिशतको कर वृद्धि गरेको छ । यो कर यसै वर्षको अन्त्यदेखि बढाएर २५ प्रतिशकत पु-याउने योजना अमेरिकाले लिएको छ । चिनियाँ सरकारले पनि ५ हजार २०७ अमेरिकी आयातमा कर लगाएर बदला लिएको छ । यी सामग्रीको मूल्य ६० अर्ब डलर पर्छ । सोमबार कर कार्यान्वयनमा आउनु पूर्व अमेरिका र चीनले पनि एक अर्काको ५० अर्ब डलरको सामग्रीमा भन्सार लगाइसकेको छन् ।
चीनका राज्य स्वामित्वका अखबारहरु ग्लोबल टाइम्स र चाइना डेलीमा सोमबार आएको सम्पादकियमा वासिङटनको व्यापार दबाबको अवस्थामा पनि बेइजिङ शान्त र चुप लागेर बसेको उल्लेख गरिएको छ ।
यदी अमेरिकाले बेइजिङ बिरुद्धको मोलमलाईमा व्यापार तनावलाई प्रयोग गर्छ भने यो दुवै मुलुकका लागि हानिकारक हुने र विश्वव्यापी रुपमा विस्तार हुने चाइना डेलीमा सोमाबार प्रकाशित सम्पादकियमा भनिएको छ ।
“अमेरिकी एक पक्षिय व्यापार कदमले सामान्य अवस्थाको चीन–अमेरिका व्यापारिक गतिविधिलाई मात्रै क्षति पु¥याएको छैन, यसले विश्वव्यापी आर्थिक वृद्धिलाई पनि हानी पु¥याएको छ,”राज्य नियन्त्रित अखबारले जनाएको छ । “यदी ट्रम्प प्रशासन आफ्नो एक पक्षिय र संरक्षणवादी अडानमा कायमै रहन्छ भने आपसी सम्मान तथा परामर्शको आधारभूत मूल्य मान्यता अस्वीकार गर्छ भने यसले भावि व्यापार वार्तामा हुन सक्ने महत्वपूर्ण प्रगतीलाई कठिन बनाउने छ ।” चीन निश्पक्ष व्यापारिक सम्झौताका लागि आफ्नो प्रयासमा संवेदनशील रहने सम्पादकियले थपेको छ । यद्यपि अमेरिकाले भने अवस्थालाई भड्काउने प्रयास गरिरहेको पनि सम्पादकियमा उल्लेख गरिएको छ ।
वासिङटनले पक्षपातपूर्ण व्यवसाय र नियमनको अभ्यासबाट बेइजिङलाई लाभ पुग्दै आएको अरोप लगाएको समयमा अमेरिका–चीन सम्बन्धमा ठूलो क्षय भएको अन्य मिडियाका सम्पादकियहरुमा पनि उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्