चितवनमा बैंकिङ-बिमा एक्स्पो सम्पन्न «

चितवनमा बैंकिङ-बिमा एक्स्पो सम्पन्न

चितवनमा बैंकिङ-बिमा एक्स्पो सम्पन्न भएको छ । बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले शुक्रबार एक्स्पो कार्यक्रमको समापन गरे । समापन कार्यक्रममा बोल्दै चापागाईँले वित्तीय क्षेत्र सुधारअन्तर्गत बैंक र बिमालाई गाउँ–गाउँमा पु¥याएर वित्तीय पहुँच अभिवृद्धि गर्ने नेपाल सरकारको उद्देश्य पूर्तिका बैंकिङ-बिमा एक्स्पो कार्यक्रमको आयोजना गरिनु प्रशंसनीय रहेको बताए । वास्तवमा वित्तीय जागरण अभियान बिमा समिति वा नेपाल राष्ट्र बैंक आफैंले सञ्चालन गर्नुपर्ने अथवा नेपाल सरकारले सहयोग गर्नुपर्नेमा मिडिया इन्टरनेसनलले नेतृत्व गरिरहेको उल्लेख गर्दै उनले कार्यक्रमको आगामी सफलताका लागि शुभकामना व्यक्त गरे । वित्तीय सूचना प्रदान गर्ने बैंकिङ-बिमा एक्स्पो जस्तो कार्यक्रममा स्कुल तथा कलेजमा विद्यार्थीहरूलाई समेत सरिक गराइएकोमा खुसी व्यक्त गर्दै उनले बच्चा बेलादेखि नै बैंकिङ कारोबार एवं बिमाको बारेमा सचेत गराउनु अत्यन्तै आवश्यक रहेको औँल्याए ।
बिमाको आवश्यकता र महत्वका बारेमा प्रकाश पार्दै चापागाईँले अहिलेको बचतबाट थोरै रकम खर्च गरि बिमा गरेमा भोलि ठूलो जोखिम आइपर्दा काम लाग्ने भएकाले बिमा अनिवार्य रूपमा गर्नुपर्ने बताए । बिमा कम्पनीहरूले बिमा गराएर पैसा लिन्छन् र दाबी भुक्तानी गर्दैनन् भन्ने अविश्वासको भावनालाई चिर्दै बिमा सिद्धान्तभित्र रहेको दाबीको भुक्तानी छिटोभन्दा छिटो गर्ने वातावरण मिलाइने उनले बताए । यसका लागि बिमा कम्पनीका सीईओलगायत शाखा प्रबन्धकहरूलाई समेत निर्देशन दिइएको उनले जानकारी दिए ।
रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले जीवन बिमाको दायरा बढाउनुपर्ने आवश्कता आंैल्याए । बिमा पहुँच विस्तारका लागि बिमासम्बन्धी जागररुकता बढाउनुपर्ने उल्लेख गर्दै उनले बैंकिङ-बिमा एक्स्पोले यसमा ठूलो योगदान पुर्याइरहेको बताए ।
त्यस्तै, प्रभु इन्स्योरेन्सरका प्रमुख कार्यकारी अधिकृत संचित बज्राचार्यले निर्जीवन बिमाको आवश्यकता र महत्वका विषयमा प्रकाश पार्दै बिमा शिक्षा र तालिमलाई अझ सशक्तताका लागि अगाडि लानुपर्नेमा जोड दिए ।
त्यसैगरी, बोमी माइक्रो फाइनान्सका प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्यले लघुवित्त क्षेत्रमा पनि बिमाको महत्व रहेको बताए । लघुबिमामा उद्यमशीलताका लागेका व्यक्तिहरूको सहभागीता बढिरहेको उनले उल्लेख गरे । कार्यक्रममा नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी चितवनका अध्यक्ष भरत मल्ल र बिमा अभिकर्ता संघका मित्रलाल चापागाईँले पनि आआफ्नो मन्तव्य राखेका थिए ।
कार्यक्रमका संयोजक माधव निर्दोषले बिमा शिक्षा अभिवृद्धि एवं बिमा वहुँच विस्तारका लागि बिमा अभिकर्ताको भूमिका महत्वपूर्ण हुने भन्दै उनीहरूलाई अझ बढी तालिमको खाँचो रहेको बताए । बिमा शिक्षा एवं बिमा जागरणको आवश्यकतालाई ध्यानमा राख्दै यस्ता जानकारीमूलक कार्यक्रमहरू आगामी दिनमा पनि आयोजना गरिने उनले जानकारी दिए ।
दुई दिनसम्म सञ्चालित एक्स्पोमा ठूलो संख्यामा विद्यार्थी एवं उद्यमीहरूले अवलोकन गरे । मिडिया इन्टरनेसनलको आयोजना तथा नेपाल राष्ट्र बैंकको प्रबद्र्धन र बिमा समितिको सहकार्य एवं उद्योग वाणिज्य संघ चितवनको साझेदारीमा उक्त एक्स्पो संचालन भएको हो । २०७३ साल कात्तिक २६ गते लुम्बिनीको रुद्रपुरबाट सुरु भएको ‘वित्तीय जागरण ; राष्ट्रिय अभियान’ अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरिएको हो । उक्त अभियान अन्तर्गत काठमाडौँ उपत्यकाभित्र र बाहिर थुप्रै कार्यक्रम सञ्चालन भएका छन् । उत्यकाबाहिर बैंकिङ र बिमा एक्स्पोको आयोजना गरिएको यो तेस्रो पटक हो । यसअघि, प्रदेश नं. १ को इटहरी र प्रदेश नं. ४ को पोखरामा बैंकिङ र बिमा एक्स्पो सफलतापूर्वक सम्पन्न भइसकेका छन् । यसपटक चितवनको उद्योग वाणिज्य संघको प्राङ्गणमा आयोजना गरिएको बैंकिङ÷बिमा एक्स्पोमा विभिन्न बैंक, वित्तीय संस्थाहरू, बिमा कम्पनी लगायतले सूचनामूलक स्टलहरू राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्