सिरियामा एस–३०० मिसाइल पठाउदै रुस «

सिरियामा एस–३०० मिसाइल पठाउदै रुस

मस्को-इजरायलको आपत्तीबीच रुसले आगामी साता सिरियामा जमिनबाट हावामा मार हान्ने मिसाइल प्रणाली एस–३०० पठाउने भएको छ । गत साता सिरियामा एक रुसी सैन्य विमानलाई झारिएको थियो । रुसले यसका लागि इजरायललाई दोषि ठहराएको थियो । उक्त दुर्घटनामा १५ रुसी सैनिक मारिएका थिए ।
यो घटनापछि रुस सिरियामा लडिरहेका आफ्नो सेनाको सुरक्षा बढाउनका लागि बाध्य भएको रुसको रक्षा मन्त्री सर्गेई सोङगुले बताएका छन् । एस–३०० मिसाइल प्रणालीको तैनाथीपछि सिरियाको सेना मजबुत हुने उनले बताए ।
यो मिसाइलले सैन्य विमानका साथसाथै छोटो तथा मध्यम दुरीसम्म मार हान्न सक्ने मिसाइलको पनि नष्ट गर्न सक्छ । एस–३०० बाट हावामा आफ्नो क्षमता कमजोर हुने डर इजरायललाई छ । यसै कारणले इजरायलले रुसलाई सिरियामा मिसाइल प्रणाली नपठाउनका लागि मनाउने प्रयास गरिरहेको छ ।
सिरियामा चलिरहेको युद्धमा रुस राष्ट्रपति बसर अल असदको सरकारलाई समर्थन गर्दै आएको छ ।
इजरायलले पनि सिरियामा कैयौ हवाई हमला गरिसकेको छ । यो हवाई हमला असद सरकारका लागि खतरा नभएको इजरायलको भनाई छ । यो हमलाको माध्यमबाट इजरायलले लेबनानमा इरानी समर्थक वाला हिजबुल्लाहको पठाइरहेको मद्दत रोक्न खोजको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्