लेभल नेक्स्ट एसयूभी टाटा नेक्सन «

लेभल नेक्स्ट एसयूभी टाटा नेक्सन

टाटा मोटर्स पछिल्लो सयम प्यासेन्जर कार सेगमेन्टमा निक्कै आक्रामक भएको छ । सन् २००० देखि टाटाले प्यासेन्जर कार उत्पादन सुरु गरेको हो । ह्याचब्याक तथा सेडान कारको तुलनामा कम्प्याक्ट-क्रसओभर युटिलिटी भेइकल (सीयुभी) सेगमेन्टका सवारीको माग तथा बिक्री बढ्दै गएको छ । स्पोर्टस् युटिलिटी भेइकल (एसयूभी) सेगमेन्टका सवारी तुलनात्मक रुपमा महँगो हुने भएपछि सवारी उत्पादकहरुले उपभोक्ताको चाहना अनुरुप सीयुभी सेगमेन्टका सवारी उत्पादनलाई प्राथमिकता दिएको देखिन्छ । टाटा मोटर्स पछिल्लो सयम प्यासेन्जर कार सेगमेन्टमा निक्कै आक्रामक भएको छ । सन् २००० देखि टाटाले प्यासेन्जर कार उत्पादन सुरु गरेको हो । ह्याचब्याक तथा सेडान कारको तुलनामा कम्प्याक्ट-क्रसओभर युटिलिटी भेइकल (सीयुभी) सेगमेन्टका सवारीको माग तथा बिक्री बढ्दै गएको छ । स्पोर्टस् युटिलिटी भेइकल (एसयूभी) सेगमेन्टका सवारी तुलनात्मक रुपमा महँगो हुने भएपछि सवारी उत्पादकहरुले उपभोक्ताको चाहना अनुरुप सीयुभी सेगमेन्टका सवारी उत्पादनलाई प्राथमिकता दिएको देखिन्छ । टाटा मोटर्सले पनि कम्प्याक्ट युटिलिटी भेइकल नेक्सन बजारमा ल्याएको हो । भारतीय बजारमा आक्रामक बजार विस्तार गर्न सफल टाटा नेक्सन २०१८ को फेब्रुअरी महिनामा नेपाली बजारमा आएको हो । टाटाको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले जनवरी ४ देखि नेपाली बजारमा नेक्सनको प्रिबुकिङ सुरु गरेको थियो । फेब्रुअरी २१ मा सिप्रदीले नेक्सन औपचारिक रुपमा सार्वजनिक गरेको थियो । सार्वजनिक भएयता नेक्सन सेगमेन्ट लिडरको रुपमा रहेको टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका मार्केटिङ तथा सेल्स डिभिजनका एजीएम अर्जुन कार्कीले बताए । टाटा मोटर्सले नेक्सनलाई लेवल नेक्स्ट एसयूभीको रुपमा विकास गरेको उनको भनाइ छ । “टाटाका कारहरु इम्प्याक्ट डिजाइन फिलोसोफीमा आधारित रहेर डिजाइन गरिएको छ,” कार्कीले भने, “यो फिलोसोफीले गाडी हेर्नेबित्तीकै हेर्ने मानिस आकर्षिक हुनुपर्छ । हो त्यही फिलोसोफीमा नेक्सन पनि डिजाइन भएको हो ।” उक्त फिलोसोफीले भन्ने अर्को कुरा हो आफूले हेरेर गएको कुरा पछि पनि मानिसको दिमागमा त्यसको चित्र बस्नुपर्ने उनको भनाइ छ । अन्य एसयूभी बक्स डिजाइनमा बनेको हुन्छ तर टाटा नेक्सन कुप कार र जीपको डिजाइनलाई मर्ज गरेर नयाँ डिजाइनमा बनाइएको छ । नेक्सनमा २ सय ९ एमएम ग्राउन्ड क्लियरेन्स, डिजेल भेरियन्टले २ सय ६० एनएम टर्क दिन्छ । यो क्षमता सेगमेन्टमै उत्कृष्ट भएको कार्कीको भनाइ छ । नेक्सटमा मल्टि ड्राइभ मोड छ । यसमा तीन वटा इको, सिटी र स्पोर्टस् मोड रहेको छ । इको मोडले माइलेज राम्रो दिने भएकाले बजेट कन्सियसहरुलाई आकर्षित गर्छ । त्यस्तै सिटी मोड पावर तथा माइलेजको उत्कृष्ट संयोजन हो र स्पोर्टस् मोडले माइलेजभन्दा पावर कन्सियसहरुलाई आकर्षित गर्ने उनको भनाइ छ । यो सेगमेन्टका कारमा टाटा नेक्सनमा मात्र यो विशेषता उपलब्ध रहेको छ । त्यस्तै नेक्सनमा ज्यागुअर ल्याण्ड रोभरबाट एडप्ट गरिएको हर्मन इन्फोटेनमेन्ट सिस्टम रहेको छ । त्यस्तै सुरक्षाका लागि कम्तिमा २ वटा एयरब्याग र एबीएस, कर्नर स्ट्याबिलिटी कन्ट्रोल (सीएससी) रहेको छ । नेक्सनमा ६ स्पीड गेयर बम्स रहेको छ । नेपाली बजारमा एसयूभी सेगमेन्टका गाडीको माग बढ्दै गइरहेको छ । त्यसैले यो सेगमेन्टका सवारी बजारमा ल्याउने क्रमसमेत बढेको छ । त्यस मध्येको एक टाटा नेक्सन पनि हो । उपभोक्ताको चाहना र आवश्यकता पूरा गर्न टाटा नेक्सन सफल भएको कार्कीको भनाइ छ । “उच्च मध्यम वर्गका सवारी खरिदकर्ताको आवश्यकता टाटा नेक्सनले पूरा गर्छ,” उनले भने, “यसको प्रमाणको रुपमा सार्वजनिक भएको ५ महिनामा ५ सय वटा नेक्सन बिक्री हुनु हो ।” उच्च मध्यम वर्गका उपभोक्ताको रोजाईमा टाटा नेक्सन पर्ने गरेको छ । टाटा नेक्सन ३० देखि ४५ वर्ष उमेर समूहका मानिसहरुले धेरै रोज्न गरेको पाइएको कार्कीको भनाइ छ । सबैखाले कार प्रेमीहरुले रोज्ने गरेका भए पनि धेरैजसो भने युवाहरु नै नेक्सनका उपभोक्ता भएको उनले बताए । सार्वजनिक भएयताको ५ महिनामा ५ सय नेक्सन नेपाली बजारमा बिक्री भएको र अगस्ट, सेप्टेम्बर र अक्टोबरमा ५ सय वटा नेक्सन बिक्री गर्ने लक्ष्य कम्पनीले लिएको कार्कीले बताए । नेक्सन डिजेल र पेट्रोल दुवै भेरियन्टमा उपलब्ध रहेको छ । पेट्रोलमा १२ सय सीसी र डिजेलमा १५ सय सीसी इन्जिन क्षमतामा उपलब्ध छ । दुवैमा गरी ८ भेरियन्ट र ५ वटा रंगमा नेक्सन पाइन्छ । एएमटी भेरियन्टमा एक्सक्लुसिभ रंग एन्टा अरेन्जमा समेत आउँछ । टाटा नेक्सनको नेपाली बजार मूल्य पेट्रोलमा ३४ लाख ९५ हजारदेखि ४५ लाख ८५ हजार रुपैयाँसम्म र डिजेलमा ४० लाख ८५ हजारदेखि ४८ लाख ९५ हजार रुपैयाँसम्म तोकिएको छ । नेपाली बजारमा टाटा नेक्सनको प्रतिस्पर्धीको रुपमा फोर्डको इकोस्पोर्ट, मारुती सुजुकीको भिटारा ब्रेजा रहेको छ ।  

नेक्सनका मुख्य विशेषताहरु
• २०९ एमएम ग्राउण्ड क्लियरेन्स
• पावर–डिजेलमा २ सय ६० एनएम टर्क
• फ्ल्याट टर्क १५ सय आरपीएमदेखि २५ सय ५० आरपीएम जति भए पनि पावर समान
• मल्टि ड्राइभिङ मोड (इको, सिटी र स्पोर्ट)
• हर्मन इन्फोटेनमेन्ट सिस्टम
• कम्तिमा दुई एयसब्याग-एबीएस
• ६ स्पीड गेयर बक्स
• कर्नरिङ स्ट्याबिलिटी कन्ट्रोल (सीएससी) 
• डुअल पाथ सस्पेन्सन

प्रतिक्रिया दिनुहोस्