सिद्धार्थ बैंकको एकै साथ ३ शाखा «

सिद्धार्थ बैंकको एकै साथ ३ शाखा

सिद्घार्थ बैंकले देशका विभिन्न स्थानहरूमा ३ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सप्तरीको राजविराज, रुपन्देहीको मणीग्राम र सौराहा फर्साटिकरमा नयाँ शाखा कार्यालयहरू सुरुवात गरेको छ ।
बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा पुराउने उद्देश्यले उक्त शाखाहरू सञ्चालनमा ल्याएको हो । त्यसतै बैंकले अत्याधुनिक प्रविधियुक्त इन्टरनेट बैंकिङ तथा मेबाइल बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ जसले गर्दा ग्राहकहरूलाई थप सुविधा पुग्ने बैंकले जनाएको छ । बैंकले आगामी दिनहरूमा पनि थप शाखाहरू विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा प्रदान योजना बनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्