मन्थली बचतको नाफा १ करोड २७ लाख «

मन्थली बचतको नाफा १ करोड २७ लाख

 मन्थली बचत तथा क्रण सहकारी संस्थाले गत आर्थिक वर्ष २०७४÷७५ मा १ करोड २७ लाख ३६ हजार ७ सय त्रियासी रुपैयाँ खुद नाफा कमाएको छ ।
शनिबार मन्थलीमा आयोजना गरिएको उक्त सहकारीको २१ औ साधारणसभाका अवसरमा संस्थाका कोषाध्यक्ष सुरेश श्रेष्ठले उक्त नाफा भएको जानकारी गराएका हुन् ।
कुल ११ हजार ७ सय २९ सेयर सदस्य रहेको यस संस्थामा ५ करोड ७० लाख, ३९ हजार ७ सय सेयर पँुजी रहेको बचत संकलनबाट प्राप्त ५५ करोड ३४ लाख ७० हजार ३ सय तेइस रुपैयाँ र ऋण लगानीबाट प्राप्त ५२ करोड २५ लाख ४५ हजार ५ सय ८५ रुपैयाँ प्राप्त भएको कोषाध्यक्ष श्रेष्ठद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनमा जनाइएको छ । त्यसैगरी संस्थाको हाल सम्मको कुल सम्पत्ति ७० करोड ३७ लाख ८१ हजार ६ यस २१ रहेको पनि सो अवसरमा जानकारी गराइएको थियो ।
सो अवसरमा संस्थाका सचिव गोबिन्दप्रसाद घिमिरेले गत आर्थिक वर्षको सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै चालू आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
सो अबसरमा सचिव घिमिरेले जिल्लाको अग्रणी सहकारीको रूपमा रहेको यस बचत तथा ऋण सहकारी संस्थाले आफ्नो कार्य कुशलता नीति र विधिका आधारमा संस्था एसियालि मापदण्डमा पुग्ने चरणमा रहेको भन्दै यसले आगामी एक वर्षभित्र पूर्णता प्राप्त गर्ने जानकारीसमेत दिए ।
सो अवसरमा घिमिरेले गत आर्थिक वर्षमा सहकारीले ३ नं प्रदेशअन्तर्गत राष्ट्रिय सहकारी महासंघबाट उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार प्राप्त गर्न सफल रहेको कुरा जानकारी गराइएको थियो । संस्थाका अध्यक्ष धु्रवप्रसाद सुबेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उदघाटन जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर खड्काले गरेका थिए । सो अबसरमा उनले सहकारीको अभियानले जिल्लाको बिकासमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै मन्थली बचतलाई पनि सोही अभियानमा अग्रसर हुन आग्रह गरेका थिए । त्यसैगरी उत्कृष्ट बचत कर्ता, बालबचत, असल ऋणिसमेत करिब १ सय ५० भन्दा बढी सेयर सदस्हरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्