टीभीएस मोटर र जगदम्बा मोटर्सको तीन वर्षे सहयात्रा «

टीभीएस मोटर र जगदम्बा मोटर्सको तीन वर्षे सहयात्रा

चर्चित दुई पाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारी उत्पादक कम्पनी टीभीएस मोटरले आफ्नो नेपालको लागि वितरक कम्पनी जगदम्बा मोटर्ससँगको सहकार्यमा काठमाडौंको दरवारमार्गमा सडक म्युजिक फेस्टिभल आयोजना गरेको छ । उक्त फेस्टिवल टीभीएस मोटर र जगदम्बा मोटर्सको तीन वर्षको यात्रा पूरा भएको उपलक्ष्यमा आयोजना गरिएको हो ।
उक्त सडक म्युजिक फेस्टिभल काठमाडौंस्थित दरबारमार्गमा आयोजना गरिएको थियो । उक्त कार्यक्रममा भारतीय चर्चित -यापर तथा गायक बादशाह तथा नेपाली कलाकार इन्दिरा जोशी, एड रे तथा एज ब्याण्डले आफ्नो प्रस्तुति दिएका थिए । साथै, बुगिउगिका तीन फाइनलिस्टले पनि आफ्नो प्रस्तुति दिएका थिए ।
टीभीएस मोटर कम्पनी र जगदम्बा मोटर्सको तीन वर्षे बलियो सहर्कायमा विभिन्न उत्पादनहरु नेपाली बजारमा भित्रिएको छ, जसमा हालै मात्र सार्वजनिक गरिएको टीभीएस अपाचे आर आर ३१०, टीभीएस एनटर्क १२५ र टीभीएस अपाचे १६० ४भि रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्