अब धाउनु पर्दैन औषधि पसल, निड्स एपले नै खोजी दिन्छ

स्वथ्य रहने चाहना सबैको हुन्छ, तर व्यस्त जीवन शैलीका कारण धेरैजसोले आफ्नो स्वाथ्यको ख्याल राख्न सक्दैनन् । कति एमजीको कुन औषधि खाने, कहाँ पाइन्छ ? सबैलाई सबै कुराको जानकारी त हुन्न नै त्यसका लागि समय पनि हुँदैन । तर, वीरगन्जस्थित म्याग्नस फर्माले त्यसका लागि हरेकको सहयोगी एप्स बनाइदिएको छ । निड्स नाम दिइएको सो एपले मानिसले खोजको औषधिबारे अधिकतम जानकारी दिनेछ । निड्स एपले नेपालको बजारमा उपलब्ध सबै प्रकारका औषधिको उत्पादक कम्पनी, मूल्य र डोजेज फर्मसहितको विवरण समावेश गरिएको छ ।
वरिष्ठ छातीरोग विशेषज्ञ डा. एनआरएस पण्डित र म्याग्नस फर्माको संयुक्त प्रयासमा ल्याइएको निड्स एप सबै एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले गुगल एप स्टोरबाट तथा आईओएस प्रयोगकर्ताले एप्पल स्टोरबाट डाउनलोड गर्न सक्ने छन् ।
म्याग्नस फर्माका प्रमुख बजार निर्देशक सुधीर प्रकाश मास्केका अनुसार यो एपमार्फत रोगी तथा परिवारले समेत खाइरहेको औषधिका बारेमा विस्तृतमा जानकारी लिन सक्नेछन् । म्याग्नस फर्मा नेपाली स्वास्थ्य बजारको चिरपरिचित नाम भएको भन्दै औषधि बजारमा सिर्जनशीलता एवं नविन औषधि ल्याउन खप्पिस म्याग्नसले बनाएको यस एपले सर्वसाधारणको जीवन सहज र सुविधायुक्त बनाउने आशा गरिएको छ । विश्व स्वास्थ्य सगंठनको गुणस्तरबाट प्रमाणीकरण प्राप्त म्याग्नस फर्माले यसअघिमुटु, मृगौला, मधुमेह, नशालगायतकादिर्घ रोगीका लागि अति उपयोगी औषधि उत्पादन गरेको जनाएको छ । औषधि क्षेत्रमा नेपाललाई पूर्ण आत्मनिर्भर बनाउनमा स्थापित नामको रुपमा म्याग्नसलाई लिन सकिन्छ ।