बैंकको क्रेडिट कार्डमार्फत शून्य ब्याज र किस्ताबन्दीमा स्मार्टफोन «

बैंकको क्रेडिट कार्डमार्फत शून्य ब्याज र किस्ताबन्दीमा स्मार्टफोन

 ईजी मोबाइल केयरले दसैं, तिहार र छठ पर्वको अवसर पारेर बैंकका क्रेडिट कार्ड भएका ग्राहकहरूका लागि फेस्टिभल अफर ल्याएको छ । न्युरोडको ताम्राकार कम्प्लेक्सको पाँचौं तल्लामा रहेको कम्पनीले विभिन्न ब्रान्डका स्मार्टफोनहरू किस्ताबन्दीमा किन्दा विभिन्न उपहारहरू पनि प्राप्त गर्न सक्ने अफर सार्वजनिक गरेको छ । बैंकको क्रेडिट कार्ड देखाउनुस्, शून्य प्रतिशत र किस्ताबन्दीमा स्मार्टफोन लैजानुस्, नामक अफरअन्तर्गत हाल ग्लोबल आईएमई बैंक, सिद्धार्थ बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, मेगा बैंक, नबिल बैंक, सेन्चुरी बैंक, माछापुछ्रे बैंक, प्रभु बैंक, कुमारी बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरूले यसको फाइदा उठाउन सक्ने बताएको छ । यो अफरअन्तर्गत सुविधा लिनका लागि तपाईँले आफ्नो क्रेडिट कार्डमार्फत मासिक किस्ताबन्दी र शून्य ब्याजमा कुनै पनि ब्रान्डको स्मार्टफोन किन्न सक्ने जनाएको छ । कम्पनीले विशेष गरी बैंकका क्रेडिट कार्ड होल्डरहरूलाई सहज र सुविधाजनक रूपमा मासिक किस्ताबन्दीमा स्मार्टफोन उपलब्ध गराउने गरी यो योजना ल्याएको ईजी मोबाइल केयर प्रालिका अध्यक्ष सञ्जित पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्