भारतमा बिक्री हुने महँगा १० कार «

भारतमा बिक्री हुने महँगा १० कार

विलासी कार चढ्ने चाहना सबैको हुन्छ । तर मूल्यका कारण त्यो चाहना अधुरो हुन्छ । धनाढ्यहरुले भने त्यो चाहना पूरा गर्छन् । भारतमा विलासी कारको बिक्री बढ्दै भइरहेको छ । भारतमा करोडौं रुपैयाँका महगा र विलासी कार बिक्री हुँदै आएको छ ।
भारतमा बिक्री हुने महँगो कारको कुन हो र त्यसको मूल्य कति पर्ला भन्ने चासो हुने गरेको छ । यहाँ भारतमा बिक्री हुने सर्वाधिक महँगा कारको बारेमा उल्लेख गरिएको छ ।

रोल्स रोयस फ्यान्टम भीआइअइआइ इडब्लूबी
बेलायती विलासी कार निर्माता रोल्स रोयसले यो वर्षको सुरुवातमा विशाली कार सार्वजनिक गरेको थियो । यो कार उत्कृष्ट रहेको कम्पनीको भनाइ छ । यो कोरको लङ–वीलबेस भर्सनको मूल्य करिब १० करोड ४८ लाख भारतीय रुपैयाँ रहेको छ । यो नै भारतमा बिक्री भएको सबैभन्दा महँगो कार हो ।

रोल्स रोयस फ्यान्टम ड्रपहेड कुप
रोल्स रोयसको पूर्ण विलाशी फ्यान्टम ड्रपहेड कुप पनि धेरै मूल्यमा बिक्री हुने कार मध्येमा पर्दछ । यो कार मूम्बईको सडकमा अलि बढी देख्न सकिन्छ । यो कारमा ६.८ लिटर भी१२ इन्जिन प्रयोग गरिएको छ जसले ४ सय ६० बीएचपी पावर र ७ सय २० एनएम टर्क दिन्छ । यसको मूल्य ८ करोड ४० लाख भारु तोकिएको छ ।

रोल्स रोयस डावन
रोल्स रोयस डावनमा ६.६ लिटर भी१२ इन्जिन प्रयोग गरिएको छ, जसले ५ सय ६३ बीएचपी पावर र ८ सय २० एनएम टर्क दिन्छ । यो कारमा निक्कै विलाशी विशेषता प्रयोग गरिएको छ । यो कारको मूल्य भारतीय बजारमा ५ करोड ९४ लाख भारु तोकिएको छ ।

लेम्बर्गिनी एन्टान्टाडोर रोडस्टार
यो कार भारतमा पहिलो पटक २०१३ मा सार्वजनिक गरेको थियो । यो कारले शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको दूरी ३ सेकेन्डमै तय गर्न सक्छ । रोडस्टारको उच्च गति प्रतिघण्टा ३ सय ५० किलोमिटर छ । यो कारको मूल्य ५ करोड ३२ लाख भारु रहेको छ ।

बेन्टले मुलसाने
यो कारमा ६.७५ ट्वीन–टर्बो भी८ इन्जिन रहेको छ, जसले ५ सय ५ बीएचपी र ११ सय एनएम टर्क दिन्छ । यो विलाशी कारले शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको ५.३ सेकेन्डमै तय गर्न सक्छ । यो कारको मूल्य ५ करोड ५६ लाख भारु तोकिएको छ ।

एस्टोन मार्टिन भानक्वीस
एस्टोन मार्टिनका अनुसार कम्पनीले निर्माण गरेको सबैभन्दा विलाशी कार भानक्वीस भएको जनाएको छ । यो कारमा ५.९ लिटर भी१२ इन्जिन रहेको छ, जसले ५ सय ६८ बीएचपी र ६ सय २० एनएम टर्क दिन्छ । यो कारको मूल्य ५ करोड २१ लाख भारु तोकिएको छ ।

फरारी ८१२ सुपरफास्ट
फरारीका अनुसार ८१२ सुपरफास्टले शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गति २.९ सेकेन्डमै तय गर्नसक्छ । यो कारको अधिकतम गति ३ सय ४० किलोमिटर प्रतिघण्टा रहेको छ । भारतमा यो वर्षको सुरुवातमा सार्वजनिक गरेको फरारी ८१२ सुपरफास्टको मूल्य ५ करोड २० लाख भारु रहेको छ ।

रोल्स रोयस राथ
यो कार रोल्स रोयसको अल्ट्रा–लक्जरी लाइन अपमा पर्छ, जुन गोस्ट र डावनको बीचको कार हो । यो कारमा ६.६ लिटर भी१२ इन्जिन छ जसले ६ सय २३ बीएचपी पावर र ८ सय एनएम टर्क दिन्छ । यो कारको भारतीय बजार मूल्य ५ करोड भारु रहेको छ ।

लेम्बर्गिनी एन्टान्टाडोर एस
लेम्बर्गिनीले स्पोर्टी लुक्समा यो कार गत वर्ष भारतमा सार्वजनिक गरेको थियो । यो कारमा ६.५ लिटर भी१२ इन्जिन रहेको छ, जसले ७ सय ३० बीएचपी पावर र ६ सय ९० एनएम टर्क दिन्छ । कम्पनीका अनुसार यो कारले शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको दुरी २.९ सेकेन्डमै तय गर्न सक्छ । लेम्बर्गिनी एन्टान्टाडोर एसको मूल्य ४ करोड ७५ लाख भारु पर्छ ।

रोल्स रोयस घोष्ट
रोल्स रोयसको घोष्टलाई बेवी रोल्स समेत भन्ने गरिएको छ । यो कारमा ६.६ लिटर भी१२ इन्जिन रहेको छ, जसले ५ सय ६३ बीएचपी पावर र ७ सय ८० एनएम टर्क दिन्छ । यो कारको मूल्य भारतीय बजारमा ५ करोड २५ लाख भारु पर्छ ।

प्रतिक्रिया दिनुहोस्