प्रधानमन्त्रीले बोलीमा नियन्त्रण गर्नुपर्छ : नेता केसी «

प्रधानमन्त्रीले बोलीमा नियन्त्रण गर्नुपर्छ : नेता केसी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको ७ महिना ५ दिन भएको उल्लेख गर्दै यो बीचमा ठूला–ठूला भ्रमको खेती भएको र झुटका पुलिन्दा बाँडिएको गुनासो पोखेका छन् । सोमबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनले भने, “हुन त यो अवधिमै सरकारको मूल्यांकन गर्ने बेला होइन, तर पनि हुने बिरुवाको चिल्लो पात भनेजस्तो, अहिले त्यो चिल्लो पात देखिएन । खस्रो पात देखियो ।”
सत्तारुढ दलकै वरिष्ठ नेताहरुले आफ्नो पार्टीलाई बिगार्नको निम्ति षड्यन्त्र भैरहेको भनेर टिप्पणी गरेको प्रसंग उल्लेख गर्दै उनले भने, “बलात्कार र हत्या गर्न कोही जान्छ, षड्यन्त्र गर्न ? यस्ता अभिव्यक्तिलाई एउटा सत्तारुढ दलको अभिव्यक्तिलाई मान्ने कि नमान्ने ? कहिले अरिंगाल भन्नुहुन्छ, हिजोमात्रै मौरी बन्नुपर्छ भन्नुहुन्छ । त्यसकारण उहाँहरुको बोलीलाई नियन्त्रण गर्नुपर्ने सबैभन्दा पहिलो आवश्यकता छ ।”

प्रतिक्रिया दिनुहोस्