सरकारको विरोध र सर्मथन कामका आधारमा : थापा «

सरकारको विरोध र सर्मथन कामका आधारमा : थापा

पाल्पा-नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले सरकारको समर्थन र विरोध कामको आधारमा हुने बताएका छन् । उनले सरकारले राम्रो काम गरेमा समर्थन र संविधान विपरित गरेमा सदैव खबरदारी गर्दै संविधान कार्यान्वयनको पक्षमा सहयोग गर्ने बताए ।
उनले सरकारको गुण र दोषका आधारमा कांग्रेसले सरकारको विरोध र सहयोग हुने बताउँदै त्यसैको आधारमा सरकारको मूल्यांकन जनताले समेत गर्ने बताए । नेपाल प्रेस युनियन पाल्पा शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता थापाले समयभित्र कानुन बनाउने विषयमा नेपाली कांग्रेसले सरकारलाई मद्दत गर्ने जानकारी दिए । “संविधान सशोधनमा सरकारको धारण के छ, त्यस धारणालाई प्रष्ट बनाएर असन्तृष्टिलाई सम्वोधन गरेर एक ठाउँमा जोड्ने कुरामा सरकारले गर्ने कुरामा सहमति रहन्छ,” थापाले भने ।
सरकारले संसदमा लगेर संविधान संशोधनका लागि नेपाली काग्रेसको पूर्ण सहयोग रहने बताउँदै उनले संघीयता कार्यान्वयनको मुद्दा सबैभन्दा पेचिलो विषय रहेकोले सरकार सुशासनका पक्षमा प्रयासरत रहेपनि काम गर्न नसकेको बताए । उनले निर्वाचित सरकार जनतासँग डराउन छाडेको र तानाशाही बन्दै गएको बताए । सरकारले कसैको कुरा नसुनेर आफूखुसी काम गर्दै जानु सुशासन हुन नसकेको थापाको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्