खाद्य सुरक्षा,गुणस्तर उपभोक्ता सचेतनासम्बन्धी कार्यशाला «

खाद्य सुरक्षा,गुणस्तर उपभोक्ता सचेतनासम्बन्धी कार्यशाला

काठमाडौं-खाद्य सुरक्षा, गुणस्तर एंव उपभोक्ता हित संरक्षणसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । इभेन्ट एन्ड भेन्यु एसोसियसन अफ नेपाल (पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघ) काठमाडौं, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको सहकार्यमा सो कार्यशाला सम्पन्न भएको हो ।
पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका उपाध्यक्ष कृष्णप्रसाद पाण्डेले नियतवश, जानाजानी र खराब खाना हो भनेर ल्याबले प्रमाणित गरेमा त्यस्ता व्यवसायीलाई कारबाही गर्ने बताए ।
। कुनै एक व्यवसायीको गल्तीले हजारौं व्यवसायीको अर्बौंको लगानी डुब्न जानेतिर सबैको ध्यान जानुपर्ने उनको भनाइ छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले व्यवसायीहरुले पार्टी प्यालेस तथा क्याटरिङ सञ्चालन गर्दा खानामा सजगता अपनाउनु पर्ने बताए । गौचनले भने, यस्ता कार्यशालाले आम उपभोक्ता माझ पर्न गएका केही भ्रम निवारण गर्न र स्वास्थ्यकर खाना तथा सेवा प्रदान गर्न सहयोगी हुने बताए ।
कार्यशालामा काठमाडौं जिल्लाका संघ आबद्ध १ सय ५० जनाको सहभागिता थियो । इभा नेपालका अध्यक्ष अनिल शर्माले सरकारको तर्फबाट व्यवसायीलाई व्यवसाय सञ्चालन अनुमति दिनु पूर्वकार्यशाला, गोष्ठी तथा तालिमको व्यवस्था सञ्चालन गरिनुपर्ने बताए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका ईश्वर सुवेदीले व्यवसाय के कसरी अगाडि बढाउने भन्नेबारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्