कोकाकोलाले ल्यायो फुच्चे प्याक «

कोकाकोलाले ल्यायो फुच्चे प्याक

देशको नेतृत्वदायी पेयपदार्थ उत्पादक कम्पनी कोकाकोला नेपाले आफ्ना उत्पादनहरू कोकाकोला, फ्यान्टा र स्प्राइटलाई सानो पेट बोतल(प्लास्टिक बोतल)मा नेपाली बजारमा ल्याएको छ । नयाँ बोतल आगमनसँगै कोकाकोलाको पेट बोतल श्रेणीहरू थप भएका छन् र यसले उपभोक्ताहरूलाई थप विकल्प प्रदान गरेको छ । ग्राहकको बढ्दो मागलाई मध्येनजर र ध्यानमा राख्दै कम्पनीले ३०० एमएलको पेट बोतलमा आफ्ना उत्पादन बजारमा ल्याएको हो, जसको मूल्य ४० रुपैयाँ तोकिएको छ । यो पेट बोतलमा सबैभन्दा सानो बोतल भएकाले यसलाई ‘फुच्चे प्याक’ भनिएको हो ।
नयाँ प्याकको सर्वजानिक गर्दै कोकाकोला नेपालका कन्ट्रि डाइरेक्टर अम्बुज सिंहले भने “हामीले बजारमा कोकाकोला, फ्यान्टा र स्पाइटलाई नयाँ सानो पेट बोतलमा ल्याउन पाएकोमा निकै खुसी छौं । ग्राहकको बढ्दो मागअनुसार हामीले सानो साइजको बोतल बजारमा ल्याएका हौं । यो सानो प्याकसँगै हाम्रा ग्राहकलाई आफ्नो चाहनाअनुसारको साइजमा पेयपदार्थ छनोट गर्न समेत सजिलो भएको छ । हामीलाई विश्वास छ, हाम्रा ग्राहकले यो फुच्चे प्याक मन पाराई यसको आन्नद लिनु हुनेछ ।”

 

प्रतिक्रिया दिनुहोस्