Logo

डाबर र इसीमोडबीच सम्झौता

डाबर नेपाल र इन्टरनेसनल सेन्टर फर इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्ट (ईसीमोड) बीच राष्ट्रिय हितमा आधारित दिगो विकाससम्बन्धी समझदारी पत्रमा आइतबार हस्ताक्षर सम्पन्न भयो । सम्झौताअनुसार सिनर्जी, इक्विटी, पारस्परिक हित र पारदर्शितामा आधारित आपसी सहयोगको क्षेत्रमा काम हुनेछ । प्रस्तावित डावर र ईसीमोडबीचको साझेदारीले उत्तरदायित्वपूर्ण व्यावसायिक दिगो पर्वतीय विकासमा मद्दत पुग्ने कम्पनीले जनाएको छ ।
समझदारीपत्रमा ईसीमोडका डाइरेक्टर जनरल डा. डेभिड मोल्डेन र डाबरका सार्क विजनेस हेड एचएस वेदीले आ–आफ्नो संस्थाको तर्फबाट हस्ताक्षर गरे । ललितपुर धापाखेलस्थित ईसीमोडको कार्यालयमाभएको हस्ताक्षर समारोहमा ईसीमोडका उपमहानिर्देहक डा.एकलव्यशर्मा, स्ट्रेटेजिक कर्पोरेसनका निर्देशक वसन्त श्रेष्ठ, प्रशासन र अर्थ निर्देशक शेखर घिमिरे र डाबरकातर्फबाट एग्रो बिजनेस विभागका प्रमुख डा. पंकजप्रसाद रतुरीको उपस्थिति थियो ।
यो समझदारीले पहाडी क्षेत्रको जीवनपद्धतिमा सुधार ल्याउने उपायहरूलाई महत्व दिनेछ जसमा माहुरी पालन, जडिबुटी खेती, कृषिमा आधारित वनको विकासका विभिन्न योजनाहरू निर्माण, क्षमता विस्तार र प्रविधि हस्तान्तरण गरिनेछ । यसका अतिरिक्त दक्षताको विकास, सूचनाको आदान–प्रदान र संयुक्त कार्यक्रमहरूलाई पनि समझदारीको परिधिमा राखिएको छ ।
डाबर नेपाल र ईसीमोडका बीचमा सन् २००२ देखि पारस्परिक सहयोगको क्षेत्रमाआपसी सम्बन्ध स्थापनाहँुदै आएको छ र औषधिजन्य जडिबुटीको क्षेत्रमा नयाँ–नयाँ उपलब्धि हासिल गरिएको छ । यस्तै अन्य संयुक्त आयोजनाद्वारा सञ्चालन गरिएको जडिबुटीको महत्व तथा सुगन्धित जडिबुटीका बारेमा नेपालका विद्यार्थीहरूलाई जानकारी प्रदान गरेको छ । ईसीमोडले उपलब्ध गराएको गोदावरीको जग्गामा डाबर नेपालले सन् २०१३ देखि जडिबुटी उद्यान्न विकसित गरेको छ । विश्वका विभिन्न भागबाट आएका हजारौं दर्शकले उक्त उद्यान्नको अवलोकन गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्