फ्लोभेलको कस्टुमर सम्मेलन–२०१८ «

फ्लोभेलको कस्टुमर सम्मेलन–२०१८

अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त भारतिय इलेक्ट्रो मेकानिकल कम्पनी फ्लोभेल इनर्जीले यही सेप्टेम्बर २० का दिन काठमाडौंमा एक भव्य समारोहकाबीच आफ्ना ग्राहकहरूका लागि कस्टुमर सम्मेलन–२०१८ सम्पन्न गर्यो ।
उक्त कार्यक्रममा नेपालको जल विद्युत् उत्पादन तथा विकास क्षेत्रका उद्यमी, लगानीकर्ता, परामर्शदाता, ब्यांकरका साथै अन्य गन्यमान्य व्यक्तित्वहरूका उत्साह जनक सहभागिता थियो । फ्लोभेल इनर्जीको उत्पादनहरू तथा कम्पनीको क्षमता लगायत विषय सम्बद्ध पक्षहरूलाई प्रकाश पार्नका लागि आयोजित उक्त कार्यक्रम एक हाइड्रो पावर परिायोजना विकासका लागि आवश्यक पर्ने इलेक्ट्रोमेकानिकल पक्षका साथै टर्नकिका आधारमा सम्पन्न गर्न कम्पनी सक्षम रहेको कुरा विश्वस्त पार्न सफल रह्यो ।
विश्वका बिभिन्न मुलुकहरूका हाइड्रोपावर परियोजनाहरूमा आवश्यक पर्ने इलेक्ट्रोमेकानिकलका साथै परियोजनाका अन्य विविध पक्षमा उत्पादन तथा जडानसम्बन्धी कार्यहरूमा विगत ४५ वर्षभन्दा बढीको अनुभव फ्लोभेल इनर्जीसँगे छ । कार्यक्रमका सहभागिहरूले निकालेका निष्कर्श अनुसार प्रदूषण रहित ऊर्जा विकास तथा उत्पादनमा फ्लोभेल इनर्जीको उल्लेखनिय योगदान छ । उक्त कम्पनिले नेपाल, जापान, इन्डोनेसिया, भारत, भियतनाम, फिलिपिन्स, लाओस, युगाण्डा, टर्की र आर्मेनियालगायतका देशहरूमा बिभिन्न हाइड्रोपावर परियोजनाहरूमा सफलताका साथ सम्पन्न गरेको छ ।
कम्पनीका कार्यकारी निर्देश गौतम करले आप्mनो स्वागत भाषणका क्रममा हाइड्रो पावर क्षेत्रमा फ्लोभेल इनर्जीको योगदानको चर्चा गर्दै नेपालको हाइड्रोपावर क्षेत्रको लागि आवश्यक सेवाहरूका लागि कम्पनी प्रतिबद्ध रहेको कुरा बताउनुका साथै हाल नेपालमा कम्पनीले काम गरिरहेको परियोजनाहरूको बारेमा उल्लेख गरे । कार्यक्रमलाई सम्बोधन गर्दै स्वतन्त्र उर्जा उत्पादक संघ (आईपान)का उपाध्यक्ष कुमारप्रसाद पाण्डेले फ्लोभेल कस्टुमर सम्मेलन–२०१८ ले नेपालमा विद्युत् उत्पादन तथा विकासमा संलग्न सबैलाई आवश्यक पर्ने जानकारी प्रदान गर्न कार्यक्रम सफल रहेको कुरा बताए । ऊर्जा विकासका लागि आवश्यक पर्ने इलेक्ट्रोमेकानिकल उपकरणहरू नेपालको बजार सुहाउँदो हुनुपर्ने कुरा पनि उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्