मर्मत हुँदै ग्रामीण सडक «

मर्मत हुँदै ग्रामीण सडक

जाजरकोट-यहाँका आन्तरिक तथा बाह्य सडक लयमा आउन थालेका छन् । वर्षायाम सकिन लाग्दा जिल्लाका सडक सञ्चालनमा आउन थालेका छन् ।
सरोकारवाला निकायको लामो प्रयासपछि जिल्लाको विभिन्न ठाउँका सडक सञ्चालनको तयारी भएको जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावलले बताए । सदरमुकामभित्र रहेका शान्ति चौतारा, तल्लो थाप्ले सडक, पासागाड, कालेगाउँ, खलंगा, पाँचकाटिया, खलंगा, रिम्ना, आठबिसकोट, दल्ली, तल्लु सडक लयमा आउन थालेका छन् । गाउँगाउँमा स्थानीय सरकार र स्थानीयको सहकार्यमा घोडेटो बाटोदेखि विद्युत् नहरसम्मका काम मर्मत कार्य सुरु भएको छ । जिल्लाको नलगाड नगरपालिका–३ कैनाको साङट भेरी खोला जलविद्युत् योजना मर्मतमा स्थानीय जुटेका छन् । नलगाडकै वडा ८ हल्चौरस्थित घोडेटो बाटो स्थानीयले निःशुल्क निर्माण गरेका छन् । स्थानीय र सरकारको सहकार्यमा जिल्लामा बाढीले भएको जनधनको विषयमा क्षति यकिन गर्न काममा जुटेको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताए । नलगाडमा मात्र सडक र अन्य संरचना गरी झण्डै ५० करोडभन्दा बढीको क्षति भएको छ । त्यस्तै भेरी नगरपालिकामा करोड नाघेको नगरप्रमुख सीपी घर्तीले बताए ।
गाउँगाउँमा गएर क्षतिको विवरण संकलनपछि निर्माणकार्य सुरु गरेको घर्तीले बताए । पर्याप्त बजेट र कम जनशक्तिका कारण काम गर्न मुस्किल भएको अवस्थामा जाजरकोटका स्थानीय तहमा अहिले स्थानीयको सहकार्यमा हौसला मिलेको छेडागाड नगरपालिकाका नगरप्रमुख लालबहादुर महतराले बताए । केन्द्रीय सरकारदेखि प्रदेश सरकारसँग जिल्लामा भएको क्षतिका विषयमा जानकारी गराई राहत र पुनःस्थापनाको कामसँगै भएको नलगाडका नगरप्रमुख रावलले बताए ।

प्रतिक्रिया दिनुहोस्