युनिग्लोबमा इक्युवेशन सेन्टर, कम्युनिकेसन र फाइनान्स ल्याब शुरु «

युनिग्लोबमा इक्युवेशन सेन्टर, कम्युनिकेसन र फाइनान्स ल्याब शुरु

युनिग्लोब कलेज नयाँबानेश्वरमा शुक्रबारदेखि विजनेश इक्युवेशन सेन्टर, कम्युनिकेसन ल्याब र फाइनान्स ल्याब शुरु गरी सैद्धान्तिकसहित व्यवहारिक शिक्षा पद्धति शुरु गरिएको छ । कार्यक्रमका प्रमुख अतिथ एवम् पूर्व स्वास्थ्यमन्त्री गगन थापाले उद्घाटन गरेको सो बहुआयामिक तथा समय अनुकूल विशिष्ट शिक्षा प्रदान गरी प्रयोगात्मक अभ्यासलाई विशेष प्रोत्साहन दिन सो शैक्षिक कार्यक्रम सञ्चालन गरिएको कलेजले जनाएको छ ।
कलेजका प्रिन्सिपल तथा प्रबन्ध निर्देशक डा. नरबहादुर बिष्टले एकैसाथ ३ वटा कार्यक्रमको शुरुवातले विजनेस कलेजको इतिहासमा नै छुट्टै शैक्षिक पहिचान बनेको बताए । यूनिग्लोब विजनेस इन्कुयुवेसन सेन्टरको स्थापनाले बजारको माग अनुसार दक्ष जनशक्ति पूरा गर्ने र उद्यमशिलता विकास गर्ने जनाइएको छ । वित्तिय क्षेत्रमा लगानी सुरक्षित गर्न आवश्यक ज्ञान र विश्वबजार र वित्तिय बजारमा भएको उतारचढाबको राम्रो ज्ञान गराउन फाइन्नास ल्याब महत्वपूर्ण हुने कलेजले जनाएको छ । यसरी नै विद्यार्थीको बोल्ने, लेख्ने र व्यवहारिक ज्ञानको विकास गराउन कम्युनिकेसन ल्याबको विकास गरिएको हो । डा. खगेन्द्र ओझाले विद्यार्थी केन्द्रित शिक्षा र बजारको माग अनुसारको दक्ष जनशक्ति उत्पादन गर्न कलेज लागि परेको बताए ।

प्रतिक्रिया दिनुहोस्