किशोरीकिशोरीका लागि परिवार नियोजन «

किशोरीकिशोरीका लागि परिवार नियोजन

नेपालमा सन् २००२ मा गर्भपतनलाई कानुनी मान्यता दिइए पनि बिनायोजना अर्थात् अनिच्छित रूपमा ठूलो संख्यामा गर्भ रहने गरेको देखिएको छ । यसरी गर्भपतनलाई कानुनी मान्यता दिएपछि २० वर्षभन्दा कम उमेरका किशोरीहरूमा असुरक्षित यौन सम्पर्क गर्ने चलन बढेको तथ्यांकले देखाएको छ ।
यसरी नै गर्भवती हुनेमध्ये ७ प्रतिशतको गर्भपतन हुने गरेको देखिएको छ । सबै मातृ मृत्युमध्ये २० प्रतिशत १५–१९ वर्ष उमेरका किशोरीहरूमा भएको पाइन्छ । गर्भपतनपछिको स्वाथ्य स्याहार सुविधा लिने किशोरीको संख्या अन्यसमेतको गर्भपतन सेवा लिने किशोरीहरूको संख्या भन्दा बढी रहेको पाइएको छ ।
५ औं राष्ट्रिय परिवार नियोजन दिवसको अवसरमा हालै स्वस्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले आयोजना गरेको कार्यक्रमका औसतमा किशोरीहरू २० वर्ष नपुग्दै बिहे गर्ने गरेको तथ्यांक पनि सार्वजनिक गरिएको छ । यसै कारण सरकारले यो वर्ष किशोरकिशोरीलाई लक्षित गरेर ‘किशोर किशोरीको सहभागिता : परिवार नियोजन सेवाको सुनिश्चितता’ भन्ने नारा तय गरेको छ ।
अध्ययन अनुसार नोपलमा ४ प्रतिशत किशोरीहरू १५ वर्ष अगावै बिहे गर्ने गरेको जानकारी समेत दिइएको छ । औसतमा महिलाहरू २० वर्ष नपुग्दै बच्चा जन्माउँछन् भने १७.५ प्रतिशत किशोरीहरू १५ वर्ष अगावै बच्चा जन्माउँछन् । तुलनात्मक रुपमा ग्रामीण भेगमा बसोबास गर्ने र अशिक्षित महिलाहरू विवाह भएको १ देखि ४ वर्ष अगावै बच्चाको आमा बन्ने गरेका छन् । तुलनात्मक रुपमा ग्रामीण भेगमा बसोबास, अशिक्षित र गरिबको रेखामुनी रहेका किशोरीहरू विवाहको २ देखि ५ वर्ष अगाडि नै यौन सम्पर्क र बिहे गर्ने गरेको देखिएको छ ।
सहरी क्षेत्रका किशोरकिशोरीको तुलनामा गा्रमिण क्षेत्रमा प्रजनन्दर बढी देखिएको छ । नेपालमा किशोर किशोरी (१०–१९) वर्षको संख्या कुल जनसंख्याको झन्डै एक चौथाई लगभग ६४ लाख अर्थात् २४.१८ प्रतिशत रहेको छ । विवाहको औषत उमेर पुरुषको हकमा २१.६ बर्ष र महिलाको हकमा १७.५ वर्ष रहेको तर १७ प्रतिशत किशोरीहरू यो अवस्थामा नपुग्दै पहिले नै गर्भवती तथा आमा बनिसकेको नेपाल जनसंख्या तथा स्वास्थ्य सर्वेक्षणले देखाएको छ । यसले नेपालमा कलिलो उमेरमा नै विवाह गर्ने र कम उमेरमा नै बच्चा जन्माउने प्रचलन किशोरीहरूमा आम रुपमा नै रहेको पुष्टि गर्दछ ।
सर्वेक्षणअनुसार नेपालमा किशोरी तथा युवतीमध्ये १७ प्रतिशत र किशोर तथा युवाहरूमध्ये ४ प्रतिशत मात्र औपचारिक शिक्षा प्राप्त गरेका छन् । निम्न माध्यमिक कक्षामा विद्यालय भर्नाको अवस्था ८३.३ छात्र र ८१ प्रतिशत छात्रा रहेको छ । केबल ६६.५ प्रतिशत किशोर किशोरीहरूले माध्यमिक तहमा भर्ना भएकोमा केबल १६.५ प्रतिशतले मात्र माध्यमिक शिक्षा पूरा गरेको देखिन्छ । यसबाट बहुसंख्यक किशोर किशोरीहरू विद्यालय शिक्षाको पहुँचबाट बन्चित रहेको देखिन्छ ।
त्यसैगरी नेपालमा किशोर किशोरी तथा युवा सर्वेक्षणको प्रतिवेदनले १५–१९ वर्ष उमेर समूहका लगभग १२.२६ प्रतिशत किशोरीहरूले र १०–१४ वर्ष उमेर समूहका ४१.०४ प्रतिशत बालिकाहरूले कुनै न कुनै प्रकारको शारीरिक हिंसाको शिकार भएका देखिन्छ । लगभग ३०.४२ प्रतिशत किशोर किशोरीले मदिरा पिउने गरेको पाइएको छ । यसरी नै किशोर किशोरीको कुल जनसंख्या मध्ये ५ भागको एक भागले चुरोट र सुर्ति सेवनको कुलतमा फसेको देखिन्छ । त्यसैगरी गर्भनिरोधकका साधनहरूको उपयोग राष्ट्रिय औषत ४३ प्रतिशतको तुलनामा विवाहिता किशोर किशोरीमा अत्यान्त न्यून अर्थात १४.४ प्रतिशतले मात्र उपयोग गरेको देखिन्छ । १५–१९ वर्ष उमेरका विवाहित किशोर किशोरीहरू मध्ये ५९.७ प्रतिशतलाई मात्र यौन संक्रमणबाट हुने रोग र एचआई÷एड्सका बारेमा जानकारी भएको पाइएको छ । दक्षिणपूर्वी एसियामा परिवार नियोजनाका साधनको प्रयोगमा ११ देशमध्ये नेपाल सातांै स्थानमा रहेको छ । नेपालभन्दा कम प्रयोगदर भएका देशहरूमा म्यान्मार, माल्दिभ्स, टिमोर रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य समन्वय महाशाखाका प्रमुख महेन्द्र श्रेष्ठले परिवार नियोजनको सचेतनाले वातावरणदेखि आर्थिक रुपमा नै सामाजलाई प्रगतिको दिशातर्पm लैजाने बताउँदै यसको जनचेतना किशोर किशोरीसम्म पु-याउने योजना रहेको बताए ।
नेपालको सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा बढी गर्भपतन हुने गरेको तथ्यांकले देखाएको छ । १५ देखि १९ वर्ष उमेर समूहका ३२ प्रतिशतले परिवार नियोजनका साधन अपनाउने नगरेको परिवार कल्याण महाशाखाको तथ्यांकले देखाएको छ । परिवारनियोजन तथा स्वास्थ्य प्रजनन शाखा प्रमुख कविता अर्यालले परिवार नियोजनका साधनको प्रयोग दर न्यून रहेको बताईन् । अर्यालका अनुसार कतिपय ग्रामीण भेगमा बसोवास गर्ने र अशिक्षित महिलाहरू १४ वर्षअघि नै आमा हुने गरेका छन् ।
नेपालको सहरी क्षेत्रमा भन्दा ग्रामीण क्षेत्रमा बढी गर्भपतन हुने गरेको तथ्यांकले देखाएको छ । १५ देखि १९ वर्ष उमेर समूहका ३२ प्रतिशतले परिवार नियोजनका साधन अपनाउने नगरेको परिवार कल्याण महाशाखाको तथ्यांकले देखाएको छ । सरकारले पविार नियोजनलाई प्रभावकारी बनाउन ‘फेमेली प्लानिङ २०२०’ प्रतिबद्धता सार्वजनिक गरिसकेको छ । प्रतिबद्धता अनुसार सन् २०२० सम्ममा परिवार नियोजनका साधनको प्रयोगकर्ता बढाएर १० लाख भन्दा बढी पु-याउने लक्ष्य रहेको छ । सरकारले परिवार नियोजनका लागि विभिन्न योजना सार्वजनिक गरेपनि दुर्गम तथा अन्य क्षेत्रमा सेवा विस्तार प्रभावकारी बनाउन सकेको छैन ।

परिवार नियोजनमा सुधार
नेपालमा सन् १९७६ मा ६.२ प्रतिशत रहेको प्रजननदर सन् २०१६ मा आएर २.३ प्रतिशतमा घटेको छ । यसरी नै सोही अवधीमा २.९ प्रतिशतमा रहेको परिवार नियोजनका साधनको प्रयोगदर सन् २०१६ मा आईपुग्दा ५३ प्रतिशत पुगेको छ । गर्भनिरोधक साधन पयोग गर्ने विधि समेत बढेर ८ प्रकारमा पुगेको देखिन्छ । परिवार नियोजनका साधन आवश्यक हुनुपर्ने दर पनि ३२ प्रतिशतबाट घटेर २४ मा आएको छ ।
लामो समयसम्मका लागि प्रभावकारी मानिने गर्भनिरोधक साधन समुदाय र समूहमा पुग्न सकिरहेको छैन । स्वास्थ्य, गर्भधारणको अन्तर र परिवार नियोजनको ज्ञान र चेतना बढेको देखिन्छ । यो अवधीमा मातृमृत्युदर ५३९ बाट घटेर सन् २००६ मा २८१ मा भरेको छ । यसरी नै बालमृत्युदर समेत घटेको देखिन्छ ।

कविता अर्याल

प्रमुख, परिवार नियोजन तथा स्वास्थ्य प्रजनन् शाखा
सरकारले ५ वर्षदेखि नोपलमा परिवार नियोजन दिवस मनाउँदै आएको छ । शुरुको दिवसमा सरकारले ‘व्यवस्थित परिवार स्वास्थ्य र विकासको आधार भन्ने नारा तय भएको थियो । ४ वर्षसम्म एउदै नारालाई आधार बनाएर यो दिवस मनाउँदै आएका थियौं । यो पटकदेखि परिवार नियोजनको जनचेतना निश्चित उमेर समूहमा केन्द्रित गर्नुपर्ने आवश्यकता रहेकोले यो पटक किशोरकिशोरीलाई लक्षित गरेर ‘किशोर किशोरीको सहभागिता : परिवार नियोजन सेवाको सुनिश्चितता’ नारा तय गरिएको हो । परिवार नियोजन कार्यक्रम प्रादेशिक स्तरमा मात्र होईन, स्थानीय तहसम्म नै जनचेतना जनाउन बजेट तथा कार्यक्रमहरू तय गरिएको छ । यो कार्यक्रम प्रत्येका स्थानिय तहभरी नै भइरहेको छ । पहिला परिवार नियोजन भन्नेबित्तिकै सन्तानको रहर पूरा भएका जोडीले अपनाउने विधिका रुपमा बुझ्ने गरिएको थियो । अब भने यसको परिभाषालाई व्यापकता दिएर किशोर किशोरीदेखि सन्तानको रहर पुगेका समूहसम्मलाई लक्षित गर्ने भन्ने रहेको छ । अहिले आएर परिवार नियोजन देश र व्यक्तिको अधिकारमात्र नभई परिवार, समाज र राष्ट्रको आर्थिक विकाससँग जोडिएको छ । हाल परिवार नियोजनका साधनको रुपमा ५ वटा रहेका छन् । त्यसमा कन्डम, पिल्स, डिपोप्रोभेरा, आइओसीडी र इन्प्रान्ट अस्थायी रुपमा रहेका छन् । मिनील्याब र भ्यासेक्टोमी स्थायी रुपमा गरिने परिवार नियोजनका प्रविधि हुन् ।
२०११ को तथ्यांक अनुसार परिवार नियोजनको साधनबारे किशोर किशोरीमा ९९ प्रतिशत चेतना रहेको छ । तर चेतना र प्रयोग भने फरक कुरा हुन् । प्रयोगको ज्ञान ४० प्रतिशत रहेको स्थिती छ । परिवार नियोजनमा सरकारले अहिले १ करोड लगानी गर्दा सन् २०३० सम्म यसको प्रभावका रुपमा ३०० करोड रुपैयाँको प्रतिफल प्राप्त गर्न सक्छ भन्ने लक्ष्य सहित कार्यक्रम अघि बढाइएको हो ।

प्रतिक्रिया दिनुहोस्